Home / ट्रेन्डिङ्ग / दमक बहुमुखी क्याम्पसका प्रमुखलाई हातपात गर्ने बिद्यार्थि नेता भण्डारी क्याम्पसबाट निश्कासीत

दमक बहुमुखी क्याम्पसका प्रमुखलाई हातपात गर्ने बिद्यार्थि नेता भण्डारी क्याम्पसबाट निश्कासीत

सप्तरङ्गी एफ.एम. दमक/असार १७/
विद्यार्थीले क्याम्पस प्रमुख माथि हातपात गरेको भन्दै झापाको दमक बहुमुखी क्याम्पसले एक जना विद्यार्थी नेतालाई निष्कासन गरेको छ ।
दुई दिन अघि क्याम्पस प्रमुख उत्तम भट्टराईमाथि क्याम्पसकै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सचिव रोशन भण्डारीले हातपात गरेको भन्दै भण्डारीलाइ आजदेखि क्याम्पसबाट निस्कासन गरिएको हो । क्याम्पसका प्राध्यापकसहितको संयुक्त बैठकले स्नातक दोश्रो वर्षमा अध्ययनरत स्ववियू सचिव भण्डारीले क्याम्पसको शैक्षिक वातावरणमा खलल पु¥याएको, क्याम्पसको आचारसंहिता उल्लङघन गरेको ठहर गरि निष्कासनसहितको कारवाही गरिएको क्याम्पसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याम्पस प्रमुख भट्टराईले सार्वजनिक सूचना निकालेर भण्डारीलाई क्याम्पसको विधान २०५० शंसोधन २०६३ को परिच्छेद १६ को दफा बमोजिम भविष्यमा समेत अयोग्य ठहरिने गरि क्याम्पसबाट निष्कासन गरिएको बताउनुभयो । भण्डारीले क्याम्पसमा सञ्चालित परिक्षामा आफूलाई जसरी भएपनि पास गराइदिन सहयोग पु¥याईदिन भनेको र त्यसलाई अस्वीकार गर्दा क्याम्पस प्रमुख भट्टराईमाथिनै हातपात गरेको उल्लेख छ ।
अस्ति शुक्रबार विहान क्याम्पसमा भएको सो घटनापछि दुवै पक्षले एकअर्कालाई अभियोग लगाउदै आएका छन् । क्याम्पस प्रमुख भट्टराईले शुक्रवारनै इलाका प्रहरी कार्यालयमा उजुरी गर्नु भएको छ ।
तर, यता विद्यार्थी नेता भण्डारीले भने आफूमाथि क्याम्पस प्रमुख भट्टराईले क्याम्पसको विकृतिको विषय उठाउदाँ उल्टै हातपात गरेको बताउनु भएको छ ।
यसैवीच दमक क्याम्पसका स्ववियू सभापति विनोद चापागाईले भने क्याम्पसमा भएको यस घटनाको सत्य, तथ्य छानविन गर्न माग गर्नुभएको छ । क्याम्पस प्रमुख र स्ववियू पदाधिकारीवीच यसरी लफडा हुनु शोभनीय नहुने भन्दै स्ववियु सभापती चापागाईंले उचित ढंगले यसलाई समाधान गर्नुपर्ने बताउनु भयो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...