Home / ताजा समाचार / ग्वालडुब्बामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

ग्वालडुब्बामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

सप्तरंगी एफएम / गौरादह  / १८ असार २०७५
झापाको गौरादह नगरपालीका ७ स्थित ग्वालडुब्बामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।

गौरादह नगरपालीकाको आयोजनामा वडा नं ७ को वडा कार्यालयमा भएको शिविरमा २सय जनाले स्वास्थ्य लाभ लिएका छन् ।

अरनिको हस्पीटल प्रा.ली. उर्लाबारीको प्राविधिक सहयोग रहेको शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा उपचारका लागी निशुल्क रिङ पेशरी लगाउने तथा पाठेघरको मुखको क्यान्सर भी.आइ.ए परीक्षण गरीएको थीयो ।

महिला सन्जालले व्यवस्थापन गरेको शिविरमा परीक्षण गराउन आउने बिरामीहरुलाई निशुल्क औषधी वितरण गर्नुका साथै बिरामीलाई १५ दिन सम्म थप उपचार सेवा को व्यवस्था गरीएको छ ।

वरिष्ठ फेमेली फिजिसियन डा. राजेस सिंह को नेतृत्वमा ४जना चिकित्सकको टोलीले परीक्षण गरेको शिविरमा महिलाहरुको पाठेघरको मुखमा घाउ, पीसाब पोल्ने, आंङ् खस्ने र सेतो पानी बग्ने समस्याका अधिकांश बिरामीहरु भेटीएको डा. सिंह ले बताउनुभयो ।
गौरादह नगरपालीका का प्रमुख रोहित कुमार शाह ले शिविर को उद्घाटन गर्दै नगरपालीका भित्र रहेका नागरीकहरुलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा दिन शिविर सन्चालन गरीएको बताउनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...