Home / ताजा समाचार / दमकमा दमक स्विट्स हाउसद्वारा सेवा शुभारम्भ

दमकमा दमक स्विट्स हाउसद्वारा सेवा शुभारम्भ

सप्तरङ्गी एफ.एम.दमक/ १९ असार २०७५

गोरस दुध डेरीका सञ्चालक सोमनाथ घिमिरेले दमक स्विट्स हाउस सन्चालनमा ल्याउनु भएको छ ।

दमक वडा नम्बर ८ स्थित पश्चिम बस स्टेन्ड पुर्व पट्टि सञ्चालनमा आएको स्विट्स हाउसको आज एक कार्यक्रमका विच सुभारम्भ गरिएको हो । प्रदेश नम्बर १ का भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका उप सचिव डाक्टर असोक कुमार सिंह ले स्विट्स हाउसको सुभारम्भ गर्नु भएको हो । कार्यक्रममा मन्त्रालयका पशुमहासाखा प्रमुख डाक्टर कुमार सिंह खत्रीको समेत उपस्थिति   रहेको थियो ।

आफ्नै कृषि फारम रहेको र दुधका बिभिन्न परिकारहरु उत्पादन गर्ने आफ्नै कारखाना समेत रहेको दुध डेरी सञ्चालन गर्दै आएकोले स्विट्स हाउस पनि सुरुवात गरेको सञ्चालक घिमिरेले बताउनु भयो । ग्राहकलाई स्विट्सका बिभिन्न स्वादिला परिकारहरु दिनको लागी र खाजा नास्ताको प्रबन्ध भएको स्विट्स हाउस सञ्चालनमा २५ लाख रुपैयाँको लागत लागेको पनि उहाँले बताउनु भयो ।

स्विट्स हाउस मा मिठाईका परिकारका साथै दुधका बिभिन्न परिकारहरु पनि सुपथ मुल्यमा पाईन सकिने उहाँले बताउनु भयो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...