Home / ट्रेन्डिङ्ग / बार्षिक करोडौंको तास आयात ।

बार्षिक करोडौंको तास आयात ।

सप्तरङ्गी एफ.एम.दमक/असार १९/
सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो– तास ।
मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ । सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरेको छैन ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो १० महिनामा ६ वटा मुलुकबाट ११ करोड ९५ लाख मूल्यको झन्डै एक करोड एक लाख ६२ हजार प्याकेट तास आयात भएको छ । यसबाहेक भारतबाट खुला सीमा प्रयोग गरेर हजारौं प्याकेट आयात भइरहेको तासको कुनै लेखाजोखा छैन ।
गत आर्थिक वर्षमा तासको आयात चालू आवको १० महिनाभन्दा केही बढी छ । गत वर्ष २०७३÷७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको एक करोड ११ लाख तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यो खबर आजको नागरिक दैनिक पत्रिकामा छापिएको छ ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...