Home / अपराध / मोटरसाइकल चोरी गरी भारत लगेर विक्री गर्ने दुई जना चोर पक्राऊ, प्रहरीद्वारा चोरेको मोटरसाईकल सहित सार्बजनिक

मोटरसाइकल चोरी गरी भारत लगेर विक्री गर्ने दुई जना चोर पक्राऊ, प्रहरीद्वारा चोरेको मोटरसाईकल सहित सार्बजनिक

सप्तरङ्गी एफ.एम.दमक/ १९ असार २०७५
मोटर साइकल चोरी गरी भारत लगेर विक्री गर्ने दुई जनालाई पक्राऊ गरी चोरी गरिएको मोटर साइकल सहित आज सार्वजनिक गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलन गर्दै मेची नगरपालिका वडा नं. १० बस्ने १८ बर्षीय राज रसाईली र भारतको जैगाऊँ राममाटी वडकोठी लाइन बस्ने १८ बर्षीय अभिशेख मिन्ज उरावलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले दमक वडा नं. ६ बस्ने रोशन पाण्डेले ६ दिन अघि मे ९ प ५९० नम्बरको २२० सीसी पस्लसर मोटर साईलक चोरी भएको भनी दिएको उजुरीको आधारमा खोजि गर्दा मोटर साइकल सहित पक्राउ गरिएको बताउनु भयो ।

पक्राउ परेका दुईजनाले काँकडभिट्टा पुल देखि करिव ३ किलो मिटर उत्तरदेखि भारत तर्फ मोटरसाइकल लाँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । यस्तै दमक वडा नं. ५ का सूर्यबहादुर न्यौपानेले गएको १० गते चोरी भएको २२० सीसीको पल्सर वाइक उजरीको आधारमा इलाका प्रहरी कार्यालय काँकटभिट्टाको सहयोगमा भारतको पानीट्याँकीमा फेला पारी ल्याइएको प्रनानि गिरीले बताउनु भयो ।

यस आर्थिक बर्ष भित्र मात्र दमक क्षेत्रबाट हराएका भनिका १७ वटा मोटर साइकल मध्ये ११ वटा फेला पारी ६ वटा सम्बन्धित बाइक धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बाइक चोरी गर्ने ९ जना गिरोहलाई पक्राउ गरी आवश्यक कार्वाही अगाडि बढाइएको समेत बताइएको छ ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...