Home / ट्रेन्डिङ्ग / वर्षाका कारण आठ जिल्लामा कम्तीमा ११ को मृत्यु

वर्षाका कारण आठ जिल्लामा कम्तीमा ११ को मृत्यु

सप्तरङ्गी एफ.एम.दमक/असार १९/
दुई दिनदेखि भएको निरन्तर वर्षाका कारण तराईका कतिपय जिल्ला डुबानमा परेका छन् भने पहाडी भेगमा पहिरोले क्षति पु¥याएको छ ।
पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लाहरुमा डुबानमा परेर कम्ती ११ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
वर्षाका कारण हुने विपद्लाई ध्यानमा राखेर सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्र नछोड्न एवम् आवश्यक राहत र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग एवम् अन्य मुख्य राजमार्गहरू पनि पहिरोका कारण प्रभावित भएका छन् ।


मनसुन सक्रिय
जेठ महिनाको अन्त्यतिर नेपाल भित्रिएको मनसुन क्रमशः सक्रिय हुँदै गएको छ ।
दुई दिनदेखि भएको निरन्तर वर्षाका कारण तराईका कतिपय जिल्ला डुबानमा परेका छन् भने पहाडी भेगमा पहिरोले क्षति पु¥याएको छ ।
केही नदीहरूको जलस्तर खतराको सूचीसम्म पुगे पनि कुनै क्षेत्रमा क्षति भने पुगेको छैन ।
वर्षाका कारण केही जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म आठ जिल्लामा ११ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । कोही पहिरोमा परेर र कोही पानीका डुबेर मृत्यु भएको भन्ने छ ।
रोल्पामा घर भत्किएर १८ दिनको शिशुसहित तीन जनाको ज्यान गएको छ । मानवीय क्षति भएका अन्य जिल्लामा बाँके, कैलाली पर्सा, महोत्तरी, चितवन र सिन्धुली रहेका छन् ।


सडक प्रभावित
वर्षाका कारण केही महत्त्वपूर्ण सडकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पोखरा–बाग्लुङ लगायतका अन्य केही सडकमार्ग अवरुद्ध भएका छन् ।
“पृथ्वी राजमार्ग खुल्ने र फेरि पहिरो आएर अवरुद्ध हुने क्रम चलिराखेको छ,“ उहाँले भन्नु भयो ।
विपद्लाई ध्यानमा राखेर उद्धारको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई सरकारको निर्देशन
गृह मन्त्रालयका प्रवक्ता सुवेदीले भन्नु भयो, “सम्भावित विपद्लाई विचार गरेर सतर्कता अपनाउनु पर्ने क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा राख्न तत्कालका लागि आवश्यक पर्ने त्रिपाल लगायतका खाद्य सामग्रीहरु पुर्याउने व्यवस्था पनि मिलाएका छौँ ।”
हिँजो धैरै वर्षा पश्चिम क्षेत्रमा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् बरुण पौडेलले क्रमशः त्यो मध्य र पूर्व क्षेत्रमा सर्ने क्रममा रहेको बताउनुभयो । आज पनि दिनभर जसो पानी पर्ने मौशमबिदले बताएका छन् ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...