सप्तरङ्गी एफ.एम.दमक/असार १९/
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सधैं पानी जहाज चढेरै संसद भवन पुग्ने गरेको बताउनु भएको छ । सामान्य पानी पर्दा समेत काठमाडौंका अधिकांश सडक पानीले जलमग्न हुने तर, सरकारले पानी जहाँज र रेलकै सपना बांडिरहेको प्रति व्यङ्ग गर्दै रसाइलीले यस्तो व्यङ्ग गरेका हुन् ।
हिँजो सोमबार संसदमा विशेष समय लिएर बोल्दै उहाँले आफु लगायत धेरैजसो सांसदहरु सधैं पन्ध्र रुपैयाँको पानी जहाज चढेर संसद भवन पुग्ने गरेको बताउनुभयो । ‘आज गोकर्ण, जोरपाटी, त्रिपुरेश्वरको पानी जहाजमा चढेर हामी अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आएका छौं’ उहाँले संसदमा बोल्दै भन्नु भयो, ‘सबैजसो सांसदहरु हरेक दिन पानी जहाज चढेर आउँछौ । त्यो पनि १५ रुपैयाँको पानी जहाज ।’
सामान्य पानी पर्दा पनि राजधानी काठमाडौंका अधिंकांश सडक जलमग्न हुनेगरेका छन् । सरकारले दीर्घकालीन सामाधान गर्न नसक्दा वर्षातको समयमा काठमाडौंका सडकहरु जलमग्न हुने गरेका हुन् ।
साथै रसाइलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकका बारेमा प्रश्न सोध्दा ओलीले पाना पल्टाउन थालेको तर, सांसदले मागेको जवाफ नदिएको भन्दै जनताप्रति उत्तरदायी नभएको समेत बताउनुभयो ।
