Home / ताजा समाचार / गौरादह नगरपालीकामा लोकसेवा आयोग तयारी कक्षा संचालन सुरु

गौरादह नगरपालीकामा लोकसेवा आयोग तयारी कक्षा संचालन सुरु

सप्तरङ्गी एफ.एम.दमक/असार २०/
झापाको गौरादह नगरपालीकाले नगर भित्र रहेका युवायुवतीहरुलाई लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेको छ । हकिङ ग्लोबल एजुकेशन संगको सहकार्यमा लोकसेवा आयोग तयारी कक्षा आज बाट सुरु भएको हो । लोकसेवा आयोग परिक्षामा सहभागी हुन चाहने युवा युवतीहरुलाई लक्षित गरि तयारी कक्षा संचालन गरेको नगरपालीकाका प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो ।
तयारी कक्षाको आज एक कार्यक्रमका विच सुभारम्भ गर्दै नगर प्रमुख शाहले सरकारी जागिरमा जान चाहने युवा युवतीहरुका लागी तालिम फलदायी हुने बताउनु भयो । ग्रामिण क्षेत्रका युवायुवतीहरु आयोगको कसरी तयारी गर्ने भन्ने बिषयमा अनबिज्ञ रहनाले गर्दा नगरपालीकाले तालिमको आयोजना गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा नगरपालीका उप प्रमुख गिता भेट्वाल, प्रमुख प्रशासकिय अधिक्रित सागर मिश्र लगयतले तालिममा सक्रिय सहभागी बनेर फलदायी बनाउन सहभागीहरुलाई सुभकामना दिनुभएको थियो ।
२० दिन सम्म सञ्चालन हुने तालिमा ६० जना सहभागी रहका छन् ।

x

Check Also

प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा मनाउने , सम्पूर्ण तयारी पुरा

सप्तरंगी एफएम / ०२ असोज २०७५ प्रदेश १ सरकारले यो पटकको संविधान दिवस भव्य रुपमा ...

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न ...

झापामा सर्प दंशका घटना बढ्दो ,यसै बर्ष मात्र ९ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ तराईका विभिन्न जिल्लामा पछिल्लो समय सर्प दंशका घटनाहरु घट्नुको सट्टा ...

रवि चिसापानी सडक अव पूर्णरुपमा कालोपत्रे हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ अढाई दशक अघि देखि निर्माण थालिएको रवि चिसापानी सडक अव पूर्णरुपमा ...

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको ...