Home / ताजा समाचार / दमककी राधादेबी साहको पाठेघर क्यान्सरले जायजेथा सकियो ,दाताहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह

दमककी राधादेबी साहको पाठेघर क्यान्सरले जायजेथा सकियो ,दाताहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह

सप्तरंगी एफएम.दमक /२० असार २०७५
पाठेघरमा क्यान्सर रोग लागेकी दमक–६ की ४३ बर्षिया राधादेवी शाहले उपचारका लागि सवैसंग याचना गर्नुभएको छ । चटपटे बेचेर गुजारा गर्दै आउनु भएकी शाहले क्यान्सर रोगको उपचारको लागी आफुसंग केहि नभएकोले सबैसंग सहयोगको आग्रह गर्नुभएको हो ।

आफनो जायजेथा र छरछिमेकीले सहयोग जुटाएर पाँच महिना लामो उपचार गरेपनि थप उपचार गर्न समस्या आर्थिक अभाव भएपछि दयालु मनकारीहरुसंग उहाँले याचना गर्नु भएको हो । परिवारको सवैजायजेथा उपचारमा सकिएको पीडित शाहले बताउनुभयो ।

भरतपुर क्यान्सर अस्पतालमा उपचारत शाहले तीन पटक रोग प्रतिरोध किमो चढाईसक्नु भएको छ । थप किमो चढाउनु पर्ने डाक्टरले सल्लाह दिएपनि उपचार गर्ने पैसा नहुदाँ एक वर्षदेखि उपचार गराउन नसकेको उनले दुखेसो पोख्नु भयो ।

शाहका पति कनैयाले समेत श्रीमतीको उपचार गर्न लाग्ने रकम नहुदाँ समस्या झेल्नुपरेको बताउनुभयो । विरामीलाई सहयोग गर्न चाहनेले आफ्नो फोन नम्बर ९८१६०९८०५९ मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...