Home / ताजा समाचार / लायन्स क्लब अफ लखनपुरद्वारा स्थानीय एक विद्यालयका ५० जना विद्यार्थीहरुलाई चश्मा वितरण

लायन्स क्लब अफ लखनपुरद्वारा स्थानीय एक विद्यालयका ५० जना विद्यार्थीहरुलाई चश्मा वितरण

सप्तरंगी एफएम दमक/२० असार २०७५
लायन्स क्लब अफ लखनपुरले स्थानीय एक विद्यालयका ५० जना विद्यार्थीहरुलाई चश्मा वितरण गरेको छ ।

बालबालिकाहरुमा आँखा सम्बन्धी समस्या आउन नदिन ‘साइट फर किड्स कार्यक्रम’ अन्तर्गत लायन्सले कमल गाउँपालिका– ५ पाडाजुँगीस्थित मंगलमय माविका विद्यार्थीहरुलाई आँखा परिक्षण गर्नुका साथै चश्मा समेत दिएको हो ।

लायन्स क्लब अफ लखनपुरका निवर्तमान अध्यक्ष धर्मानन्द भट्टराईका अनुसार लायन्स इन्टरनेशनलको सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको हो । बालबालिकाहरुमा आँखाको समस्या आउनै नदिन सतर्कताका लागि आँखाको जाँच गर्नुका साथै चश्मा समेत वितरण गरिएको भट्टराईले बताउनुभयो ।

आँखा शिविरमा पाथीभरा अप्टिकल सेन्टर दमकका प्रहर क्षेत्रीलगायतले प्राविधिक सहयोग पु¥याउनुभएको लायन्स लखनपुरका अध्यक्ष प्रमोद दाहालले बताउनुभयो ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...