Home / प्रदेश समाचार / मावा खोलाको बाढीले निर्माणधिन पुलमा क्षति ,निर्माण कम्पनि भन्छ २० लाख मुल्य बराबरको क्षति भयो

मावा खोलाको बाढीले निर्माणधिन पुलमा क्षति ,निर्माण कम्पनि भन्छ २० लाख मुल्य बराबरको क्षति भयो

 

सप्तरंगी एफएम /२२ असार २०७५/डिकेश लामा

केही दिन यता आएको अविरल बर्षाका कारण मावा खोलामा आएको बाढीले दमक मधुमल्ला जोड्ने पुलमा क्षति पुर्याउनुका साथै सामानहरु बगाएको छ ।

बाढीका कारण पुलको पूर्व भागको ढलाईका लागि तयार गरिएको सर्टिङ्गका सामाग्रहीहरु बगाएर क्षति पुर्याएको हो । बाढीले २ मिटर उचाईको स्टेचिङ्ग बक्स ३०, एमएस पाईप १ सय ५०, क्ल्याप ६ सय, युज्याकी १ सय, फर्मा प्लेट ५० थान र २५ क्यू. फिट. काठ बगाएको निर्माण कम्पनि शर्मा लामा स्वच्छन्द जेभीका साईड इन्चार्ज गुरुप्रसाद ढुङ्गानाले बताउनु भयो । ढुङगानाले करिव २० लाख बराबरको क्षति भएको दावी गर्नु भएको छ ।

बाढीले ढलाई गर्न तयार गरेको सर्टिङ्ग बगाए पछि पुन ४७ मिटर पुलको भाग पूर्नसर्टिङ्ग गर्नु पर्ने बताउनु भयो । अविरल बर्षाका कारण एक्कासी आएको बाढीले पुल निर्माणमा ठूलो क्षति पुर्याएको पुल निर्माणका प्राविधिक केशव भण्डारीले बताउनु भयो ।

३ बर्ष अघि २०७२ साल असार २९ गते शर्मा लामा स्वच्छन्द जेभी कम्पनिले निर्माण शुरु गरेको थियो । कम्पनिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत  पुल आयोजना सेक्टर १ बाट ३० करोड २२ लाख ९१ हजार ७ सय ५० रुपँया भ्याट सहितको लगानीमा पुल निर्माण कार्य अगाडि बढाएको हो । ७५ प्रतिशत हाराहारीमा काम सकिएको पुल आगामी २०७६ सालको साउन १२ गते काम सक्नु पर्ने सम्झौता रहेको छ ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...