Home / राष्ट्रिय समाचार / मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने १९ मजदुरमध्ये १८ जनाको सनाखत

मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने १९ मजदुरमध्ये १८ जनाको सनाखत

सप्तरंगी एफएम /२२ असार २०७५/मुस्ताङ/रासस

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा आज भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने १९ मजदुरमध्ये १८ जनाको सनाखत भएको छ ।

मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् ।

त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३५ वर्षीय सुबेर चौधरी र २५ वर्षीय कमल बुढा छन् ।

यस्तै धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया बिन्ती घर्ती र २३ वर्षीया बिनिता घर्ती, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री छन् । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।

बेनी–कोरला सडक खण्डमा काम गर्ने मजदुर चढेको बा २ ख २२१९ नम्बरको टिप्पर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइते तीन जनालाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनालाई मुस्ताङको सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो ।

x

Check Also

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...

मोरङको सुनवर्षी नगरपालिमा स्वास्थ्य चौकीमा स्वाथ्यकर्मि नहुँदा प्रसुती गर्न ल्याएकी एक महिलाले स्वाथ्यचौकीको शौचालयमै छोरी जन्माईन

सप्तरङ्गी एफ.एम./असार ३१/दमक/ मोरङको सुनवर्षी नगरपालिका ९ स्थित स्वास्थ्य चौकीमा प्रसुती गर्न ल्याएकी एक महिलाले ...

दमक नगरपालिकाको न्यायिक समितिको भूमिका प्रभावकारी बन्दै , एक बर्षमा ८० वटा मुद्धा फछ्र्यौट

सप्तरङ्गी एफ.एम. असार ३१/दमक/ दमक नगरपालिकाको न्यायिक समितिको भूमिका प्रभावकारीता बन्दै गएको छ । समाजमा ...