Home / ताजा समाचार / गौरादहमा बिद्यालय तहका छात्रालाई सेनेटरी प्याड बनाउने तालिम

गौरादहमा बिद्यालय तहका छात्रालाई सेनेटरी प्याड बनाउने तालिम

झापाको गौरादह नगरपालीका भित्रका माध्यमिक विद्यालय र आधारभुत तहका छात्राहरुलाइ महिनावारी हँुदा लगाउने प्याड बनाउने तालिम आज सम्पन्न भएको छ ।

जागरुक महिला समूह गौरादह ले आयोजना गरेको दुई दिने तालिममा नगरपालीका भित्रका प्रगती, जनता, मोति मावि र सूर्योदय, अमर आधारभूत विद्यालय का ५० जना छात्राहरु सहभागि भएका थीए । तालिममा विद्यार्थीहरुलाई किशोरी स्वास्थ्य सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो ।

आम्दा अस्पतालका नर्सहरु अञ्जिता रिमाल र सुजिता गौतमले किशोरी स्वास्थ्य शिक्षा र पंकजा भण्डारी र रुका कोइरालाले प्याड निर्माण गर्ने तरिका सिकाउनु भएको थियो ।

तालिम समापनका अवसरमा विद्यालयलाई प्याड राख्ने डस्टबिन समेत वितरण गरिएको थियो । महिला समूह अध्यक्ष गंगा कार्कीको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रमका प्रमुख अतिथि रोहीत कुमार शाहले प्याड बनाउने तालिम सबै छात्राहरुलाई दिन सके छात्राहरुले विद्यालय छोड्ने संख्या कम हुने बताउनुभयो ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...