Home / ट्रेन्डिङ्ग / पुर्वि पहाडि जिल्लामा उत्पादीत तरकारी निर्यातमा भारतिय पक्षको अवरोधले नेपाली कृषक मर्कामा

पुर्वि पहाडि जिल्लामा उत्पादीत तरकारी निर्यातमा भारतिय पक्षको अवरोधले नेपाली कृषक मर्कामा

सप्तरङ्गी एफ.एम. दमक/असार २३/
केही समयअघिसम्म अदुवा र अलैची लगायतका नगदेबालीको निर्यातमा अवरोध गरेको भारतले फेरि तरकारी निर्यातमा अवरोध गरेको छ ।
पूर्वको मुख्य नाका मानिने झापाको काँकडभिट्टामा भारतीय भन्सारले नेपालको तरकारी निर्यातमा रोक लगाएपछि कृषक ठूलो समस्यामा परेका छन् ।
इलाम, पाँचथर, तेह्रथुमलगायतका क्षेत्रमा उत्पादित तरकारीलाई बजारको अभाव देखिएको छ । । नेपालमा निर्यात गर्ने सूचीमा नरहेको भन्दै टमाटर, फूलगोभी र ईस्कुस निर्यातमा रोक लगाइएको हो ।
जसका कारण किसानहरु मारमा परेका छन् । यद्यपि नेपालमा भने भारतबाट तरकारीको आयत निर्बाध रुपमै भइरहेको छ ।
आपूर्ती धेरै र माग कम भएका कारण इलाम लगायका आसपासका क्षेत्रमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ ।
एक साताअघि प्रतिकिलो ३१ रुपैयाँमा विक्री गरेको टमाटर अहिले १३ रुपैयाँमा झरेको छ ।
केही समयपछि बजारमा आउने फूलगोभीमा पनि अवरोध नहटे उत्पादन मूल्यभन्दा पनि कम मूल्यमा विक्री हुने शंकाले किसानलाई पिरोलेको छ ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...