Home / ट्रेन्डिङ्ग / शरणार्थिको छाप्रा निर्माणमा आफुहरुसंग गरिएको संझौता पालना नभएको भन्दै हंसेदुम्से वन समितिको आपत्ति

शरणार्थिको छाप्रा निर्माणमा आफुहरुसंग गरिएको संझौता पालना नभएको भन्दै हंसेदुम्से वन समितिको आपत्ति

सप्तरङ्गी एफ.एम. दमक/असार २३/डिकेश लामा/
दमकमा रहेका भूटानी शरणार्थीका लागि बलियो छाप्रा (घर) निर्माणमा गरिएका सम्झौता वेवास्ता गरेको भन्दै हंसेदुम्से सामुदायिक बनले आपत्ती प्रकट गरेको छ ।

गएको जेठ महिना २२ गते दमक नगर पालिका सहित शरणार्थी दातृ निकाय र बनबीच भएको सहमतिमा आवश्यक कागजात नक्शा, डिजायन बनलाई बुझाएर काम गर्ने सम्झौता भएको बनका कोषाध्यक्ष नारायणप्रसाद बरालले बताउनु भयो ।

बरालले बनसँग समन्वय गरी बन र भूटानी शरणार्थीलाई समेत असर नपर्ने गरी छाप्रा निर्माण गर्ने र सो को डिजायन बनमा बुझाएर निर्माण कार्य गर्ने भनिएको १ महिना वितिसक्दा समेत निर्माण जिम्मा लिने विश्व लुथरन फेडेरेशनले वेवास्ता गरेकोले सरोकारवाला निकायमा पुनः पत्रचार गरी आपत्ती जनाउनु परेको बताउनु भयो ।

यस विषयमा दमक नगर पालिकाका प्रमुख रोमनाथ ओलीले जिल्ला प्रशासन कार्यालयको अध्यक्षतामा समिति बनाएर काम गरिरहेको र बनसँग समन्वय गरी काम गर्ने भनी सम्झौता भएको बताउनु भयो ।

इलाका बन कार्यालय बेलडाँगीका प्रमुख सहयाक बन अधिकृत पर्शुराम ठाकुरले सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर बन क्षेत्रमा घर निर्माण गर्न नपाइने बताउनु भयो । तर शरणार्थीको हकमा बन र सरोकारवाला निकायबीच केही सम्झौता गरी काम गरेको भए पनि पालना नगरेको बताउनु भयो ।

हाल बेलडाँगी क्षेत्रमा नयाँ घरहरु बन्ने क्रम जारी रहेको छ ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...