Home / ट्रेन्डिङ्ग / प्रदेश नम्बर १ को नाम र राजधानी आगामी साउन महिनासम्ममा टुङ्गो लाग्छ : आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

प्रदेश नम्बर १ को नाम र राजधानी आगामी साउन महिनासम्ममा टुङ्गो लाग्छ : आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

सप्तरङ्गी एफ.एम. असार २४ /दमक/डिकेशलामा/ झगेन्द्र खड्का/
अन्य प्रदेशको नाम र राजधानी टुङ्गो लाग्दै आइरहेको अवस्थामा प्रदेश नम्बर १ को नाम र राजधानी पनि आगामी साउन महिनासम्म टुङ्गो लाग्ने बताइएको छ ।
आज गौरादह नगरपालिकाको दोस्रो नगरसभामा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री कार्कीले धेरैवटा नाम र राजधानीको प्रस्ताव आईरहेको भए पनि सवैलाई मान्य र सहज हुने तवरले आगामी साउन महिनासम्म प्रदेश नम्बर १ को नाम र राजधानी टुङगो लाग्ने दावी गर्नु भयो । मन्त्री कार्कीले आगामी बर्षहरुमा झापा र मोरङ्गमा भईरहेको नदिको जोखिम र समस्या पनि हट्दै जाने बताउनु भयो ।
कार्यक्रमका सभापति तथा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि ७९ करोड ६० लाख ९० हजार रकमको सिलिङ्ग बजेट पेश गर्नु भएको छ ।
सार्वजनिक नीति तथा कार्यक्रममा गत वर्षको बजेटको समिक्षा गर्दै गौरादह नगरलाई सन्तुलित ढंगले पूर्वाधार विकास लाई अगाडि बढाउँदै व्यवस्थीत शहरीकरण, नागरिकलाई सार्वजनिक सेवा मा पहुँचको विकास, विस्तार र सिंहदरबार गाउँमा आएको जनतालाई प्रत्यक्ष अनुभुति गराउने कार्यक्रमहरु समावेश गरिएको छ । गौरादह नगरलाई योजनाबद्ध विकास को मार्गमा हिंडाई आर्थिक, सामाजिक विकास मार्फत रोजगारीको सिर्जना, सुशासनको माध्यमबाट नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रम रहेको नगर प्रमुख शाहले जानकारी दिनुभयो । नगरमा रिङ रोड निर्माण कार्य शुरु गर्ने, बस पार्क को लागी जग्गा व्यवस्थापन, सडक सन्जाल विस्तार गरी पर्यटन प्रर्वद्धन, नगर भित्रका कार्यलयहरुमा इ–गभरनेन्स सेवा पु¥याउने, ३ वर्ष भित्र साक्षर नगर बनाउने, आधुनिक रंगशाला निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कार्यक्रममा उपमेयर गीता भेटवालले निर्वाचनमा जाँदा गरे भनेका जस्तो कार्यक्रमहरु जनतामाझ ल्याउन असहज भएकोले आगामी दिनमा सिंह दरबारको अधिकार गाऊँ घरमा भन्ने नारा तर्फ उन्मुख भएर काम गर्ने बताउनु भयो ।

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...