Home / ट्रेन्डिङ्ग / दमक नगरपालीकामा असारे बजेट सक्न रातारात निर्माण कार्य हुँदै , असार मसान्तमा बजेट सक्ने हतारोले काम गर्दा गुणस्तरहिन निर्माण हुने उपभोक्ताको आशंका

दमक नगरपालीकामा असारे बजेट सक्न रातारात निर्माण कार्य हुँदै , असार मसान्तमा बजेट सक्ने हतारोले काम गर्दा गुणस्तरहिन निर्माण हुने उपभोक्ताको आशंका

सप्तरङ्गी एफ.एम./असार २६ दमक/डिकेश लामा/
आर्थिक बर्ष सकिन केही दिन बाँकी रहेको अवस्थामा बजेट सक्नको लागी दमक नगरपालिकामा रातारात भौतिक निर्माणका कामहरु हुन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा करडौं रकमका योजनाहरु तिव्रतर रुपमा थालिएका हुन् ।
केही दिन अघि देखि दमक चौकबाट वेलडाँगी जाने सडकको काम थालिएको छ । दमकको रिङ्ग रोडको काम पनि सुचारु गरिएको छ । मुख्य राजमार्ग बाट पुर्व बसपार्क तर्पm लाग्ने सडक निर्माण पनि मध्य असारमा सुरु गरिएको हो । यस्तै नगरका अधिकतम् योजनाहरु यही आर्थिक बर्षमा सक्नु पर्ने भएकोले रातारात गर्न थालिएको हो । दमक नगरपालिकाले जनप्रतिनिधि आएको १ बर्ष सम्म चुपलागेर बसेर आर्थिक बर्षमा बजेट सक्नैका लागी कामहरुलाई तिब्रता दिएको हो । बर्षाको समयमा रातारात गरेर गरिएको निर्माण दिगो नहुने भन्दै नागरिकहरु भने चिन्तित भएका छन् ।


यस बर्ष गएको आर्थिक बर्ष भन्दा दोव्वर बढी योजना संचालन तथा निर्माण सम्पन्न गरेको छ । यस्तै १ करोड उपभोक्ताको लगानी र दमक नगर पालिकाको ३० करोड ७९ लाख बराबरको लगानीमा निर्माण भईरहेको दिपिनी सडक समेत यो आर्थिक बर्षमा नसकिने भएको छ ।
नगरको आन्तरिक बजेट २७ करोड ७३ लाख ३ हजार ५८ रुपयाँको लगानीमा ९ प्रकृतिका ३ सय २८ वटा योजनाको काम ८० प्रतिशत सकिएको दमक नगर पालिका इन्जिनियर तिर्थनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले धेरै काम सकिएको र नसकिएको कामलाई आउने आर्थिक बर्षमा सक्ने योजना बनाई अगाडि बढाईने बताउनु भयो । दमकमा कल्र्भट २४ वटा, ग्राभेल सडक १ सय ३, भवन तथा शौचालय निर्माण तथा मर्मत ५५ वटा, ढल २४ वटा, सिंचाई ४ वटा, ग्राभेल सहित ढल ९ वटा, ढलसहितको कालपत्रे सडक २५ वटा र ढल सहित लकिङ योजना ८ सहित ३ सय २८ वटा योजना संचालनमा रहेको दमक नगर पालिका प्राविधिक शाखाले जानकारी दिएको छ ।

अघिल्लो बर्ष दमक क्षेत्रमा १ सय २५ वटा योजना मात्र संचालनमा रहेका थिए । बजेट फ्रिज हुने डरमा रातारात काम गर्दा गुणस्तरमा कम्जोर र बजेटको दुरुपयोग हुने स्थानीय उपभोक्ताहरुले दावी गरेका छन् । तर दमक नगर पालिाका वडा नं. ७ का वडा सदस्य श्याम कार्की भने आपूmहरुले विकास निर्माणमा सक्दो अनुगमन र पारदर्शी ढंगबाट गरेको दावी गर्नु भएको छ ।
दमक क्षेत्रमा मात्र सहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन सडक कार्यालय, पुल शाखा लगायतको ठूलो लगानीमा समेत भौतिक निर्माणका कामहरु भईरहेका छन् ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...