Home / प्रदेश समाचार / गौरादह कृषि क्याम्पस नमुना कृषि क्याम्पसको रुपमा स्थापना हुन्छ : मूख्यमन्त्री शेरधन राई

गौरादह कृषि क्याम्पस नमुना कृषि क्याम्पसको रुपमा स्थापना हुन्छ : मूख्यमन्त्री शेरधन राई

सप्तरंगी एफएम दमक / २७ असार  २०७५
– प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले मुलुकको विकास र युवालाई रोजगारका लागी व्यवसायीक र प्राविधिक शिक्षाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ ।

गौरादहमा यसै वर्ष सन्चालनमा आएको कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषी क्याम्पसका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कक्षा शुभारम्भ कार्यक्रमलाई उदघाटन गर्न गौरादह आइपुगेका मन्त्री राइले बढ्दो जनसख्या र शैक्षीक जनशक्ति लाई रोजगारी बनाई आत्मनिर्भर रहन व्यवसायिक शिक्षाको आवश्यकता रहेको बताउनु भयो ।

गौरादहमा सन्चालनमा आएको कृषि क्याम्पसलाई नमुना कृषि क्याम्पस को रुपमा स्थापना गर्न प्रदेश सरकारले यस वर्ष १करोड रुपैयाँ विनियोजीत गर्ने राइले जानकारी दिनुभयो ।

यस्तै आन्तरिक तथा कानुन मन्त्रि हिक्मत कार्कीले गौरादह कृषि क्याम्पसलाई यस क्षेत्रका बौद्धीक व्यक्तित्वहरुको अथक प्रयास पछि सन्चालनमा आएकाले यस क्याम्पसलाई कृषी अध्ययनको केन्द्रिय क्याम्पस बनाउने लक्ष्य रहेको बताउनु भयो ।

गौरादह नगरपालिका मेयर रोहित कुमार शाहले कृषि क्याम्पस सन्चालनका लागी नगरपालिकाले पनि बजेट विनियोजित गरेको बताउँदै कृषि विषय अध्ययनमा  स्थानीय क्षेत्रका विद्यार्थीहरुलाई आरक्षण सिटको व्यवस्था गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालयका डीन डा. केशवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा सन्चालनमा आएको गौरादह कृषि क्याम्पसमा यस वर्ष ५० जना विद्यार्थीहरुले अध्ययन गर्ने जनकारी  दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्लीराम उपे्रती, प्रदेश सभा सदस्य झलक सिंह  दर्लामी र विद्यार्थी इन्द्र अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्याम्पस प्रमुख जन्मजय गैरेले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...