Home / ट्रेन्डिङ्ग / चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र

चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र

सप्तरङ्गी एफ.एम./असार २७ दमक/
आगामी साउन ११ देखी प्रदर्शमा आउन लागेको नेपाली चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र पारिएको छ । चलचित्र युनिटले आज दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराएको हो । चलचित्रको ट्रेलर हेरेर दर्शकले दिएको प्रतिक्रियाले चलचित्र सफल हुने निर्माण पक्षले बिश्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दिनेश श्रेष्ठले नयाँ स्वाद र फरक खालको प्रस्तुतीले चलचित्र सफल बन्नेमा आफु ढुक्क रहेको बताउनु भयो । एक अर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ‘चि मुसी चि’ भनेर चिन्ने गरिन्छ । यहि खालको बिषयबस्तु रहेको चलचित्रमा चलचित्रमा समाबेस हुने सबै खालका मसला रहेकोले सबै खलका दर्शकलाई चलचित्रले तान्ने उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नायकद्वय सुनिल क्षेत्री र शुसान्त कार्की साथै नायिका अलिशा शर्माले पनि नयाँ परिवेस र फरक कथा रहेको चलचित्रलाई दर्शकले मन पराउनेमा आफुहरु विश्वस्त रहेको बताउनु यभो ।
यो चलचित्रबाट नै नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन ‘चि मुसी चि’ले मद्दत गर्ने निर्माण पक्षले जनाएको छ । सुनिल र अलिशा दुबै नृत्य क्षेत्रमा स्थापित भैसकेका कलाकार हुनुहुन्छ ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की रहनु भएको छ भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुनुहुन्छ ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गर्नु भएको छ ।

x

Check Also

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण ...

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा ...

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् ...

सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि २९ वटा ढोका खोलीए

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव अत्यधिक ...

प्रधानमन्त्री केपी ‘काका’ लार्इ भतिजको चिट्‍ठी

काकालाई भतिजको पत्र प्रिय ओली काका, प्रणाम । बालुवाटारमा पनि उत्तिसारो आनन्द छैन होला । ...