Home / राजनीति / प्रदेश नम्बर ४ को नामाकरणले आदिवासी जनजातिलाई आघात हुने भन्दै सच्याउन माग

प्रदेश नम्बर ४ को नामाकरणले आदिवासी जनजातिलाई आघात हुने भन्दै सच्याउन माग

 

सप्तरंगी एफएम  दमक /२७ असार २०७५

तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद प्रदेश नम्बर १ ले आज दमकमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर ४ को नामाकरणले समृद्ध नेपालका लागि समृद्धि नभई आघात हुने बताएको छ । ऐतिहासिक पृष्ठभूमि र जनआन्दोलनको मर्मलाई आत्मासाथ गरी तत्काल नाम प्रति पुर्नबिचार गरेर सुधार्न माग  पनि गरेको छ ।

परिषदका प्रदेश नम्बर १ का अध्यक्ष कृष्णराज गुरुङ्गले प्रदेश सरकारले प्रदेश नम्बर ४ को नाम गण्डकी राखेकोले आदिवासी जनजातिको इज्जत, प्रतिष्ठा र गरिमामा आघात पुर्याएको बताउनु भयो । प्रदेश नम्बर ४ गुरुङ्ग समूदायको ऐतिहासिक र उल्लेख्य बसोबास भएकोले तत्काल सरकारले यस विषयमा ध्यानाकर्षण गर्नु पर्ने समेत गुरुङ्गले माग गर्नु भयो ।

सम्मेलनमा परिषदका मोरङ्ग जिल्ला अध्यक्षले संविधानर संघीयताको मर्म विपरित नामाकरण गरेको दावी गर्नु भयो । प्रदेश नम्बर १ का १४ जिल्लाका प्रतिनिधि सहितको भेलामा गरिएको सम्मेलनमा नव निर्वाचित सरकारले ल्होछारमा दिँदै आएको सार्वजनिक विदालाई समेत कटौति गरी आदिवासी जनजातिलाई थप तल पार्ने काम भएको दावी समेत गरिएको छ ।

राज्यले संघीयताको मर्म, धर्म, कर्म र बर्षौ देखि भएको आन्दोलनको उपलव्धी अनुसार संघीय राज्यको नामाकरण नभएकोले यसले देशलाई थप अशान्ति तर्फ धकेल्ने समेत परिषदले चेतावनी दिएको छ   ।

x

Check Also

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

सबैको मन छुने गीत औला गन्दैछु सार्वजनिक

सप्तरंगी एफएम दमक/२८ अशोज/ गीतकार विजया गुरुङ्गको एल्वम मोसन अफ लभमा रहेको औला गन्दै छु ...

प्रथम मिडिया कप फूटसलको उपाधि कसारलाई

सप्तरंगी एफएम / २७ अशोज २०७५ प्रथम मिडिया कप फुटसल प्रतियोगिता २०७५ को उपाधी गौरादहको ...

यौनजन्य हिँसालाई रोक्न र न्युनिकरण गर्न ध्यान दिनु पर्नेमा सरोकारवालाहरुको जोड

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ यौनजन्य हिँसा भैसकेपछि मात्र सडकमा उत्रने र दबाब दिने मात्रै भन्दा ...