Home / राजनीति / सरकारले राज्य आतंक सुरुगर्यो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला

सरकारले राज्य आतंक सुरुगर्यो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला

सप्तरंगी एफएम  दमक /२७ असार २०७५

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस जिल्ला पार्टि कार्यालय झापामा आज जिल्ला स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टिका पुर्व महामन्त्री समेत रहनु भएका नेता सिटौलाले राज्यले सुरु गरेको आतंकले बिद्रोही पक्षलाई मात्रै फाईदा हुने बताउनु भयो । अहिलेको सरकार निरंकुश हुने लक्षण देखिएको भन्दै नेता सिटौलाले लोकतन्त्रको बिकल्प लोकतन्त्र मात्रै भएको बताउनु भयो ।

शान्तिपुर्ण आन्दोलन गर्न पाउने जनताको अधिकारलाई संबिधानलेनै ग्यारेन्टी गरेको बताउँदै पुर्व उप प्रधान तथा गृहमन्त्री सिटौलाले अहिलेको सरकारले जनताको संबैधानीक अधिकार खोसेको बताउनु भयो । सत्तारुढ दलले संबिधानको दुरुपयोग गरेको बताउँदै सिटौलाले राज्यले अभिभावकको भुमिका निर्वाह गर्नु पर्नेमा त्यसबाट अहिलेको सरकार चुकेको बताउनु भयो ।

जति बलियो सरकार भए पनि सरकारले अधिकारको दुरुपयोग गर्न नहुने भन्दै दोस्रो जनआन्दोलन पछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको सरकार नेपालमा हाल सम्ममै सबै भन्दा बलियो भए पनि अधिकारको दुरुपयोग नगरेको स्मरण गराउनु भयो । सभामुख उप सभामुख प्रकरणमा वर्तमान सत्तारुढ दलले संबिधानको बदनियत पुर्ण दुरुपयोग गरेको उहाँले बताउनु भयो ।

कांग्रेसका सबै कार्यकर्ताहरुलाई संगठन सुदृढिकरणको लागी गाउँ गाउँमा कार्यक्रम लिएर जान निर्देशन दिँदै नेता सिटौलाले नेपाली कांग्रेसको जग बलियो भएका कारण एउटा निर्वाचन हार्दैमा पार्टिलाई कुनै असर नगर्ने बताउनु भयो । लोकतन्त्रको जग संग कांग्रेसको जग रहेको भन्दै आगामी निर्वाचनमा पार्टिलाई पहिलो बनाउने लक्षका साथ कार्यक्रममा खटिन कार्यकर्ताहरुलाई नेता सिटौलाले निर्देशन दिनुभयो ।

x

Check Also

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका  कारण सार्वजनिक यातायात ठप्प

सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म  सवारी नचलाउने सप्तरङ्गी एफ.एम. ...

गौरादह ५ महारानीझोडामा निर्माणाधिन खानेपानी आयोजनामा भ्रष्टचारको आशंका , उपभोक्तालाई धारा बितरण नगर्दै ट्यांकी चुहिन थाल्यो

उता खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सिताराम काप्mलेले भने ट्याङ्की कमसल नवनेको दाबी गर्दै परिक्षणकालमा ...

बिपन्नलाई आर्थिक सहयोग गर्दै गौरादह ९ का वडाध्यक्ष सिताराम भट्टराई

सप्तरङ्गी एफ.एम. दमक/असोज ३/ झापाको गौरादह नगरपालीका वडा नम्बर ९ का वडाध्यक्ष सिताराम भट्टराईले आफ्नो ...