Home / खेलकुद़़ / दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर स्थापना

दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर स्थापना

सप्तरङ्गी एफ.एम./असार २८ दमक /
झापाको दमकमा छिट्टै गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । गोर्खा आर्मी भर्ना हुने चाहने युवाहरुलाई लक्षित गरेर सुविधासम्पन्न फिटनेश टे«निङ सेन्टर सञ्चालनमा आउन लागेको हो ।
हिँजो बुधबार दमक–९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघले पत्रकार सम्मेलन गरि ट्रेनिङ सेन्टरको तयारी हुन लागेको जनाएको हो । सगरमाथा मल्टि मार्शल आर्टका अध्यक्ष दिपक धिमालले गोर्खा आर्मीसहित विभिन्न आर्मीमा भर्ना हुन चाहने युवाहरुलाई लक्षित गरेर मार्शल आर्टमा नंै त्यसप्रकारको थप तालिम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
मार्शल आर्टका प्रशिक्षक समेत रहेका अध्यक्ष धिमालका अनुसार टे«निङ सेन्टरमा सिंगापुर पुलिसका भर्खरै मेजरबाट रिटायर्ड हुनु भएका दमककै रविन राई (विकास) मुख्य प्रशिक्षक रहनु हुने छ । दमक–९ घर भएका प्रशिक्षक राई मार्शल आर्ट संघका संस्थापक निर्देशक समेत हुनुहुन्छ । उहाँ १५ वर्ष बढी सिंगापुर पुलिसमा सेवा गर्दा त्यहाँको राष्ट्रिय स्तरकै मार्शल आर्ट, एथलेटिक्सका प्रशिक्षक हुनुहुन्थ्यो । त्यस्तै,उहाँले अमेरिकाबाट आधुनिक शारीरिक अभ्यास सम्बन्धी एडभान्स तालिम समेत लिनु भएको छ ।
कार्यक्रममा सहभागि प्रशिक्षक तथा संस्थापक निर्देशक रविनले आफूले विदेश त्यागेर आफनै ठाँउमा सुविधासम्पन्न फिटनेश सेन्टर सञ्चालन गर्न तयारी गरेको बताउनुभयो । उहाँले भन्नु भयो,–‘ अव विदेशमा सिकेका अनुभवलाई आफनै ठाँउमा लगानी गर्ने छु ।’ पल्टने जीवनमा सरदर मासिक ३ लाख बढी रुपैया आर्जन गर्दै आएको भए पनि आफूले त्यो पैसा त्यागेर आफनै ठाँउको विकासका लागि क्रियाशील रहने उहाँले प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नु भयो–‘ दमकलाई शारीरिक सुगठनसंगै समग्र खेलमा अगाडी बढाउन मेरो भूमिका हुने छ ।’ रविनका अनुसार सरगरमाथा मल्टिमार्शल संघलाई थप सुविधासम्पन्न बनाउन हरेक खेल विद्याको शिक्षालय बनाउने लक्ष्य राखिएको छ ।
पत्रकार सम्मेलनमा सगरमाथा मल्टिमार्शल आर्टका सल्लाहकार तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले स्वस्थ्य शरीरका लागि खेलकुद अभिन्न अंग भएको चर्चा गर्दे नवस्थापित फिटनेश सेन्टरबाट यस क्षेत्रका बासिन्दाहरुले फाउदा लिने विश्वास राख्नु भयो । दमकमा स्थापित सगरमाथा मल्टिमार्शल आर्ट संघ दमकको नै गहना भएको बताउदैं उहाँले भन्नु भयो–‘ यसको बृद्धिविकासमा सवैको सहयोग आवश्यक छ । ’ दुई वर्ष अघि दमक–९ मा उक्त मार्शल आर्टको सुविधासम्पन्न भवनको काम अन्तिम चरणमा पुगेको छ । त्यस मार्शल आर्ट यूकेमा अवस्थित सगरमाथा डोजाङको शाखाका रुपमा स्थापना गरिएको जनाईएको छ । संघ देशभरिका ३३ वटा जिल्ला शाखामा आफनो संञ्जाल विस्तार गरिएको अध्यक्ष धिमालले जानकारी दिनुभयो ।
सोहि अवसरमा सो संस्थाका संस्थापक गुरु राष्ट्र राईले आप्mनै संस्थामा अव अन्तर्राष्ट्रिय स्तरकै फिटनेश सम्बन्धी शारीरिक अभ्यास तालिम केन्द्र सञ्चालन हुने क्रममा रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत यूकेबाट भिडीयोकलमा कुरा गर्दै गुरु राईले थपिएको ट्रेनिङ सेन्टरको सफल्ताको शुभकामना राख्दै यसले दिगोपन पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–‘ यहाँका युवायुवती मात्र होइन् ,स्वस्थ्य शरीर बनाउन चाहनेका लागि यस मार्शल आर्टको ट्रेनिङ सेन्टर साझा सम्पति बन्ने छ ।’
यसअघि मार्सल आर्टका संघका संस्थापक निर्देशक रविन (विकास) को सम्मानमा संघमा आवद्ध खेलाडीहरुले हिँजै(बुधबार) दिउँसो विराटनगरस्थित विमानस्थलमा पुगेर स्वागत गरेका थिए । उहाँलाई खेलाडीहरुले फूलमाला,खादा ओढाएर स्वागत गरेका थिए ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...