Home / ताजा समाचार / दमक नगरपालिकाको सहयोगमा दमकका ३ वटा दुग्धजन्य फर्मलाई दुग्ध उपकरण [ चिलिङ्गभ्याट ] हस्तान्तरण

दमक नगरपालिकाको सहयोगमा दमकका ३ वटा दुग्धजन्य फर्मलाई दुग्ध उपकरण [ चिलिङ्गभ्याट ] हस्तान्तरण

 

सप्तरंगी एफएम दमक / २८ असार २०७५

दमक नगर पालिकाको सहयोगमा आज ३ वटा दुग्धजन्य फर्मलाई चिलिङ्गभ्याट हस्तान्तरण गरिएको छ ।

दमक नगर पालिका पशु शाखा अन्तर्गत बाह्रघरे कृषि सहकारी संस्था दमक १०, गोरस दुध डेरी दमक ७ र हिमाल डेरी दमक २ लाई १/१  वटाको दरले ३ थान चिलिङ्ग भ्याट वितरण गरिएको छ ।

पशु शाखा सेवा तर्फ विनियोजित साढे ६२ लाख रकम मध्ये पशुपंक्षी बजार प्रर्वद्धन कार्यक्रम अन्तर्गत ७ लाख मुल्य बराबरको चिलिङ्ग भ्याट अनुदानमा हस्तान्तरण गरिएको शाखाका पशु चिकित्सक गणेश कुमार प्रधानले बताउनु भयो ।

नगरका अगुवाहरुको भेलामा नगर प्रमुख रोमनाथ ओली, उप प्रमुख गिता अधिकारी र प्रशासकीय अधिकृत गणेश तिम्सिनाले सो सामाग्री हस्तान्तरण गर्नु भएको हो  । कार्यक्रममा किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्याक्रमहरु नेपाल सरकारको सहयोगमा ल्याइएको मेयर ओलीले बताउनु भयो ।

यस अघि गत बैशाख ३ गते दमक नगर पालिका पशु सेवा शाखाबाट ६ लाख रकमको जेनेटर दमक १० को बाह्रघरे कृषि सहकारी संस्थालाई नै  हस्तान्तरण गरिएको थियो ।

अनुदानका कार्याक्रम अन्तर्गत मासु पसल सुधार कार्यक्रमको १० लाख रुपयाँ रकम भने फ्रिज भएको पशु चिकित्सक प्रधानले बताउनु भयो । सुचना जारी गरे पनि कसैले पनि कार्याक्रममा सहभागिताका लागि निबेदन नदिएकाले  रकम फ्रिज भएको वहाले जानकारी दिनुभयो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...