Home / ट्रेन्डिङ्ग / सहमति पछि युवासंघले शिव निर्माण सेवाको अलकत्रा उद्योगमा लगाएको ताला खुल्यो

सहमति पछि युवासंघले शिव निर्माण सेवाको अलकत्रा उद्योगमा लगाएको ताला खुल्यो

सप्तरंगी एफएम / कन्काई / २८ असार २०७५

कन्काइ १ मा सन्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ ।युवा सघ झापाले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२गते तालाबन्दी गरेको थियो ।

झापाका विभिन्न सडक निमार्णमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघ भापाले उद्योगमा तालाबन्दी गरेको थियो ।

उद्योगमा लगाएको ताला जिल्ला प्रशासन झापा र जिल्ला समन्वय समिती झापाको रोहवरमा भएको बार्तापछि गरिएको सहमति बमोजिम लगाएको ताला खोलिएको युवा सघ नेपालका केन्द्रिय सदस्य पर्वतराज भण्डारीले बताउनुभएको छ ।केन्द्रिय सदस्य भण्डारीको नेतृत्वमा गएको युवा सघ नेपालको टोलीले ताला खुलाइएको जनाएको छ ।

तालाबन्दी खोलेपछि युवा सघ झापाले एक विज्ञप्ती प्रकाशित गरि अनुगमन गरि झापाका लक्ष्मीपुर सडक ,जयपुर सडक,धरमपुर सडक र कन्काइ सडक गरि ४स्थानमा गरिएको कालोपत्रेको नमुना ,परिक्षणका लागि सडक डिभिजन कार्यलय इटहरी र काठमाडौ पठाएको झापा अध्यक्ष शम्भु भण्डारी द्दारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, युवा सघ नेपालले राज्यको प्रसासनिक लगायत स्थानिय सरकारलाइलाई समेत आवश्यक नियमन गर्नका लागि खवरदारी गनेछौं । बिज्ञप्तीमा भनिएको छ, घटनाको सत्य तत्य छानविन गरि गलत पाइए कडा भन्दा कडा कानुनी कारर्वाही निम्ती सम्वन्धित निकायलाई माग गर्दै सघले उद्योगमा गरेको तालाबन्दी खोलिएको आम जनसमुदायमा जानकारी गराउँछौ ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...