Home / ट्रेन्डिङ्ग / दमक मालपोतमा अनलाईन सेवा सुरु

दमक मालपोतमा अनलाईन सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/
दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर आजबाट अनलाईन सेवा विस्तार गरेको छ ।
कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सो अनलाईन सेवाको शुभारम्भ गरिएको कार्यालयले जनाएको छ । सो सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह र कमल गाउँपालिकाकी प्रमुख मेनुका काफलेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
जिल्लाको माईपश्चिमका पाँच वटा स्थानीय तहका सर्वसाधारणले सेवा लिइरहेको मालपोत कार्यालयबाट सबै कामहरु अव अनलाईनमार्फत नै गरिने मालपोत कार्यालय दमकका प्रमुख देवीबहादुर भण्डारीले बताउनुभयो । उहाँले अव यहाँ दर्ता भएका हरेक जग्गाको बिवरण तत्कालै केन्द्रमा पुग्ने भएकाले सेवाग्राहीले यस प्रविधिबाट थप सुविधा पाउने बताउनुभयो ।
कार्यालय प्रमुख भण्डारीका अनुसार अव धनिपुर्जा लिँदा अनलाईनबाटै फोटो र इलेक्ट्रोनिक औँठा छाप गरिने भएकाले कुनै पनि जग्गाको कारोवार गर्दा अनिवार्य जग्गाधनी स्वम उपस्थित हुनुपर्ने छ । यसरी जग्गाधनी स्वयं उपस्थित हुँदा सेवाग्रहीले दलालसँग ठगिने अवस्था आउदैन । जग्गा सम्बन्धी कुनै पनि सेवा सुरु गरिएपछि मालपोतमा आफुले पेश गरेको निबेदनको पक्रिया हेर्न समेत कार्यालय आउन नपर्ने तथा घरै बसीबसी अनलाईन मार्फतनै पनि सहजै हेर्न समेत सकिने प्रमुख भण्डारीले बताउनुभयो ।

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...