Home / खेलकुद़़ / चार महिना अघि सम्पन्न दमक गोल्डकप फूटबल प्रतियोगिताको हिसाब सार्वजनिक

चार महिना अघि सम्पन्न दमक गोल्डकप फूटबल प्रतियोगिताको हिसाब सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/असार ३२/
चार महिना अघि सम्पन्न दमक गोल्डकप फूटबल प्रतियोगिताको हिसाब आज सार्वजनिक गरिएको छ । गत २०७४ चैत १९ गतेदेखि शुरु भई २८ गते सम्पन्न दमक गोल्डकप–२०७५ बाट ३४ लाख ७७ हजार ८ सय ६९ रुपैया बचत भएको आयोजक दमक नगर खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरेर जनाएको छ ।
प्रतियोगितामा कुल १ करोड १० लाख ५२ हजार ७ सय १३ रुपैया विभिन्न प्रायोजकहरुबाट प्राप्त भएको र ७५ लाख ७४ हजार ८ सय ४४ रुपैया खर्च भएको प्रतियोगिताका संयोजक भिमराज चम्लागाईले जानकारी दिनुभयो ।
पहिलोपटक प्रवेश शुल्क मार्फत सञ्चालन गरिएको प्रतियोगितामा टिकटबाट मात्र ३३ लाख ४६ हजार १ सय ९० रुपैया संकलन भएको जनाईएको छ ।
त्यस अवसरमा दमक नगर प्रमुख रोमनाथ ओली र दमक नगर खेलकुद बिकाश समितिका अध्यक्ष केन्द्र प्रसाईलले दमक गोल्डकप फूटबल प्रतियोगितालाई थप राशी वृद्धि गरि देशकै समृद्ध प्रतियोगिताका रुपमा विस्तार गर्दे लैजाने प्रतिवद्धता जनाउनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...