Home / ट्रेन्डिङ्ग / झापाको गौरादहमा महिला स्वास्थ्य स्वयंसेवीका सम्मानीत

झापाको गौरादहमा महिला स्वास्थ्य स्वयंसेवीका सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/असार ३२/
झापाको गौरादह नगरपालिकामा आज महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको । हरेक बर्षको मंशिर २० गते मनाउनु पर्ने स्वायंसेविका दिवस यस अर्थिक बर्षको मंशिरमा प्रदेश र संघिय निर्वाचनको समय परेकोले गौरादहमा गर्न सकिएका थिएन । सोही कार्यक्रम अन्तर्गत आज नगरभित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओडाई उपहार सहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लेखमाया श्रेष्ठ, तुलसा दाहाल, दुर्गाकुमारी गिरी, शकुन्तला पौडेल, खिला श्रेष्ठ, गंगा राजवंशी, रामकुमारी पौडेल, निर्मला शिवाकोटी, दयवती राजवंशी र हिरा भण्डारी रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गौरादह नगर प्रमुख रोहित कुमार शाहले मुलुकको स्वास्थ्य बिकाशमा महिला स्वयंसेविकाले उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै स्वयंसेविकाको योगदानको नगरपालीकाले उचित मुल्यांकन गर्ने बताउनु भयो ।
गौरादह नगरपालिका सामाजिक विकास समिति अध्यक्ष मणिन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रमा वडा नं. १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी, २ का वडाध्यक्ष हेमन्त कार्की, ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरे र ५ का वडाध्यक्ष छत्रपति सुवेदी साथै स्वास्थ्य स्वयंसेविकाहरु गोमा देवी चेम्जोङ र रामकुमारी पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...