सप्तरङ्गी एफ.एम. दमक /असार ३२/
दमकमा सुबिधा सम्पन्न तालिमहल बन्ने भएको छ । दमक जेसिजको अगुवाईमा दमक वडा नम्बर ८ स्थित बालुवाटारमा तालिमहल निर्माण हुने भएको हो । दमक नगरपालीकाले तालिमहल निर्माणकोलागी जग्गा उपलब्ध गराएपछि हल निर्माण कार्य सुरु भएको छ । दमक पुर्वको रतुवा खोला पट्टि मुख्य राजमार्ग बाट करिब ७ सय मिटर दक्षिणमा रहेको ३ कठ्ठा जमिनमा अहिले कम्पाउण्डवाल निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ ।
प्रदेश नम्बर १ सरकारले उपलब्ध गराएको ४ लाख रुपैयाँ र दमक जेसिजले संकलन गरेको १३ लाख रुपैयाँ गरी जम्मा १७ लाख रुपैयाँमा कम्पाउण्डवाल र गेट नर्माण कार्य धमाधम भैरहेको छ । आगामी २ बर्ष भित्रमा तालिमहल निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिनुभयो । उक्त ठाउँमा एउटा सानो र अर्को ठुलो गरी दुईवटा हल निर्माण गरिने र स्थानिय सरकार संग समन्वय गरी दमक क्षेत्रमा आयोजना गरिने बिभिन्न तालिमहरुलाई एकै ठाउँमा गर्ने योजना बनाईएको उहाँले बताउनु भयो । जेसिज युवाहरुको व्यक्तित्व विकासको संस्था भएकोले तालिमहल सञ्चालन गर्ने योजना बनेको जेसिज अध्यक्ष दाहालले बताउनुभयो ।