Home / ट्रेन्डिङ्ग / दमक नगरपालीकाको शिक्षा नियमावली २०७४ र नगरपालीकाको उल्टो बाटो

दमक नगरपालीकाको शिक्षा नियमावली २०७४ र नगरपालीकाको उल्टो बाटो

दमक नगरपालीकाले गत बर्षको चैत २९ गते राजपत्रमा प्रकाशीत गरेको शिक्षा नियमावली सुरु देखीनै बिबादित बनेको छ । नियमावली राजपत्रमा प्रकाशित हुनासाथ प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस लगायत शिक्षा संबद्ध व्यक्तिले त्यसको चौतर्पिm बिरोध गरिरहेका छन् । कांग्रेस र शिक्षक महासंघले त नगरपालीका ज्ञापनपत्र बुझाउँदै नियमावलीको खारेजीका मागनै राखेको थियो । चौतर्पिm बिरोध हुँदा पनि अटेर गरेर नगरपालीकाले नियमावली कार्यान्वयन गर्ने प्रक्रिया सुरु गरेपछि उक्त नियमावली बिरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएर विपक्षिको नाउँमा आदेशनै जारी भएको छ । गत असार ८ गते सर्वोच्च अदालतबाट बिपक्षिको नाउँमा आदेश जारी भएको पत्र असार १२ गते चलान भएको देखिन्छ । बाटाको म्याद बाहेक पत्र पाएको ७ दिन भित्र जवाफ पेश गर्नुपर्ने सर्वोच्चको आदेशमा देखिन्छ । तर यता दमक नगरपालीकाका शिक्षा साखा प्रमुख शालिग्राम काफ्ले भने अहिले सम्म कुनै पत्रनै प्राप्त नभएको जिकिर गर्नुहुन्छ ।
‘दमक नगरपालिका शिक्षा नियमावली २०७४’ राजपत्रमा प्रकाशित भएको दिन देखि नै स्वत ब्यवस्थापन समिति भंग हुने र नियमावली अनुसार नयाँ बनाउने प्रावधान रहेको छ । तर अहिले सम्म दमकका कुनैपनि बिद्यालयको व्यवस्थापन समिति गठन हुन सकेको छैन । सामुदायीक बिद्यालयमा अहिले बर्खे बिदा रहेकोले समिति गठन गर्न नसकिएको नगर शिक्षा शाखा प्रमुख काफ्लेले बताउनु भयो । बिद्यालयको नयाँ सेसन सुरुहुनासाथ बिद्यालय व्यवस्थापन समिति गठनलाई तिब्रता दिईने उहाँले बताउनु भएको छ ।
नगरपालीकाले जारी गरेको ‘दमक नगरपालिका शिक्षा नियमावली २०७४’ का कतिपय प्राबधानमा राजनैतिक दलले मात्रै नभएर शिक्षा संबद्ध व्यक्ति तथा संस्थागत बिद्यालय सञ्चालकहरुले पनि आपत्ति जनाएका छन् । चौतर्पिm बिरोध हुँदा हुँदै पनि नगरपालीका भने नियमावली कार्यान्वयनमा पेलेरै जाने नियतमा देखिएको छ । नियमावलीमा रहेको संस्थागत बिद्यालयले सञ्चालक समिति गठन गर्दा नगर शिक्षा प्रमुख, श्रोत व्यक्ति र स्थानिय जनप्रतिनिधि एकजना अनिवार्य राख्नु पर्ने र कम्तिमा दुईमहिनामा एक पटक बैठक बस्नै पर्ने प्राबधानले नितिगत भ्रष्चार मौलाउने शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् । दमकका करिब ६० भन्दा धेरै संस्थागत बिद्यालयबाट एउटा बैठकमा एकजनाले कम्तिमा दुईहजार रुपैयाँ लिँदा पनि एकजनाले १ लाख २० हजार रुपैयाँ पाउँछन् । यहि प्राबधानमा टेकेर श्रोत व्यक्ति र नगर शिक्षा अधिकारीले प्रति बिद्यालय कम्तिमा दुईहजार देखी पाँच हजार रुपैयाँ लिन थालेको संस्थागत बिद्यालयका सञ्चालकहरुले गुनासो गरेका छन् । यस प्राबधानले हरेक दिन सदाचारको भाषण छाँट्ने र अघिल्लो कार्यकालमा आर्थिक पारदर्षितामा नाउँ कमाउनु भएका नगर प्रमुख रोमनाथ ओली समेत बिबादमा आउनु भएको छ ।

             अहिले दमक क्षेत्रमा रहेका अधिकांश संस्थागत बिद्यालयहरुले नियम बिपरित हाउस ड्रेसका नाउँमा अभिभावकहरुलाई स्कुलबाटै पोसाक खरिद गर्न बाध्य पारिरहेका छन् । दमकको एउटा नाम चलेको बिद्यालयले त अभिभावकहरुलाई पत्रै लेखेर अनिवार्य हाउस ड्रस खरिद गर्न उर्दिनै जारी गरेको छ ।
अहिले दमक क्षेत्रमा रहेका अधिकांश संस्थागत बिद्यालयहरुले नियम बिपरित हाउस ड्रेसका नाउँमा अभिभावकहरुलाई स्कुलबाटै पोसाक खरिद गर्न बाध्य पारिरहेका छन् । दमकको एउटा नाम चलेको बिद्यालयले त अभिभावकहरुलाई पत्रै लेखेर अनिवार्य हाउस ड्रस खरिद गर्न उर्दिनै जारी गरेको छ । तर यस्ता छाडा संस्थागत बिद्यालयलाई नियमन गर्नुको साटो शिक्षाको क्षेत्रमा अभैm धेरै बिक्रिति भित्र्याउननै नगरपालीका लागेको देखिन्छ । शिक्षा नियमावली एक पक्षिय आएको भन्दै गुनासो गर्न पुग्नेलाई दमकका श्रोत व्यक्ति र शिक्षा अधिक्रितले चित्तोबुझदो जवाफ दिनुको साटो नगरपालीकाले एक पक्षिय निर्णय नगरेको बरु जनताले चाहीँ एकपछिय निर्णय गरेर एउटै पार्टिलाई मात्रै जिताएको भन्दै काईते जवाफ दिने गरेको नागरिकहरुले गुनासो गरेका छन् ।
अझ पछिल्लो समयमा दमकको नगर शिक्षा समितिमा अभिभावकको चर्को ढाड सेकेर मोटाएका दमकको एउटा नाम चलेको संस्थागत बिद्यालयका सञ्चालकलाई सदस्यको रुपमा ल्याउने हल्लाले दमकको शिक्षा क्षेत्र आतंकित भएको छ । दमकका सामुदायीक बिद्यालयहरु हिमावी, शरस्वती मावि, ढुकुरपाली मावि र पाणीनी माविले हरेक बर्ष आफ्नो गुणस्तर सुधार्दै बोर्डिङमा रहेका बिद्यार्थिहरुलाई समेत आकर्षण गरेको कारण आफ्नो बिद्यालयका बिद्यार्थिहरु पनि सामुदायीक बिद्यालयमा जाँदा चिन्तित बनेका उक्त संस्थागत बिद्यालयका सञ्चालक नगर शिक्षा समितिमा पुगे भने दमकका सामुदायीक बिद्यालयको स्तर सुधार्लान की बिगार्लान भन्ने चिन्ताले शिक्षासेवीहरु आतंकित भएका छन् ।
बरु संस्थागत बिद्यालयलाई नियमन गरेर सामुदायीक बिद्यालयको गुणस्तर सुधारमा लाग्नु पर्नेमा भएका व्यवस्थापन समिति समेत भङ्ग गरेको तिन महिना पुग्दा पनि नयाँ समिति गठन गर्न नसकेर नगरपालीका शिक्षा सुधारमा गम्भिर नदेखीएको पाईएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...