Home / ट्रेन्डिङ्ग / झापाको कचनकवलबाट पेट्रोलियम पदार्थको तस्करी बढ्यो , प्रहरीकै मिलेमतोमा तस्करी हुनेगरेको स्थानियको आह्रोप

झापाको कचनकवलबाट पेट्रोलियम पदार्थको तस्करी बढ्यो , प्रहरीकै मिलेमतोमा तस्करी हुनेगरेको स्थानियको आह्रोप

सप्तरङ्गी एफ.एम. दमक/साउन ४

झापाको दक्षिण पुर्बी सिमावर्ती गाउपालिका कचनकवलबाट पेट्रोलियम पदार्थको खुलेआम तस्करी हुनेगरेको छ । मोटरसाईकल र साईकलको प्रयोग गरि तस्करहरुले दैनिक हजारौ लिटर पेट्रोल र डिजेल भारतीय सिमावर्ती बजारहरुमा पु¥याउने गर्दछन । तस्करीमा भारतीय मोटरसाइकलको समेत प्रयोग हुनेगरेको पाईएको छ ।

पछिल्लो समय बनियानीमा पेट्रोल पम्प संचालनमा आएपछि तस्करहरुलाई अझ सजिलो भएको स्थानियले बताएका छन् । नेपालमा भन्दा भारतमा पेट्रोल र डिजेलको मूल्य बढी भएका कारण यसरी तस्करी बढेको हो । नेपालमा भन्दा भारतमा पेट्रोल २८ रुपैया र डिजेल २५ रुपैया बढी मुल्यमा बिक्रि हुन्छ ।

जर्किन र ठुल्ठुला ड्रममा भरेर खुलेआम पेट्रोलियम पदार्थ भारत पुर्याउदा समेत प्रहरी र आयल निगमले कुनै चासो नदेखाएको कचनकवल गाउँपालीका वडा नम्बर २ पथरियाका भवानी शंकर आचार्यले बताउनु भयो ।

बनियानीमा ईलाका प्रहरी कार्यालय छ, पथरिया र केचानामा ईलाका मातहतका प्रहरी चौकी पनि छन्, केचानामा ससस्त्र प्रहरीको चेकपोस्ट पनि छ तर खुल्लमखुल्ला भरतीय नम्बर प्लेटका मोटरसाईकलले जर्किन र ड्रममा भरेर ठुलो परिमाणमा पेट्रोल र डिजल भारत पु¥याउदा समेत रोकटोक नगरेकोले तस्करीमा सुरक्षा निकायको पनि संलग्नता हुन सक्ने स्थानीयको आह्रोप लगाउदै आएका छन् ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...