Home / ट्रेन्डिङ्ग / आगामी १५ गतेको बिरोधसभालाई सम्बोधन गर्न कांग्रेस नेता सिटौला र प्रवक्ता शर्मा झापा आउँदै

आगामी १५ गतेको बिरोधसभालाई सम्बोधन गर्न कांग्रेस नेता सिटौला र प्रवक्ता शर्मा झापा आउँदै

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/
नेपाली कांग्रेस झापाले केन्द्रिय कार्यक्रम अन्तर्गत आगामी १५ गते गर्ने बिरोध सभाको तयारी तिब्र पारेको जनाएको छ । वर्तमान सरकारले चर्को महंगी नियन्त्रण गर्न नसकेको, बिभिन्न क्षेत्रमा अनावस्यक कर बढाएर जनताको ढाड सेक्ने काम गरेको, प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनसन बसेको अवस्थामा जबरजस्ती उठाउन खोज्दा अस्पतालमा प्रहरी लगाएर गोली चलाएको साथै तरुणदलले राजधानीमा आयोजना गरेको शान्तिपुर्ण बिरोध प्रदर्शनमा बल प्रयोग गरि तरुण दलका नेता तथा कार्यकर्ताहरु घाईते बनाएको लगायतका कामको बिरोधमा देसै भरीका ७७ वटै जिल्लामा गरिने बिरोधको कार्यक्रम अन्गर्तत झापामा गरिने कार्यक्रमको तयारी तिब्र बनाईएको पार्टिका जिल्ला सभापती उद्धव थापाले जानकारी दिनुभयो ।
आगामी १५ गते मंगलबार झापा सदरमुकाम भद्रपुरमा गरिने बिरोध कार्यक्रममा जिल्ला भर बाट १० हजार भन्दा धेरै कार्यकर्ता उतार्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा कांग्रेस पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । आफुहरुको आन्दोनल शान्तिपुर्ण हुने पनि कांग्रेस झापा सभापती थापाले बताउनु भयो । दुई तिहाई बहुमत सहितको सरकारले मुलुकमा अमन चयन ल्याउने जनताको अपेक्षा बिपरित दुईतिहाईको दम्भ देखाउँदै निरंकुशता लगाउने अभियानमा अघि बढेको भन्दै यस्तो वअस्थामा मुलुकको लोकतान्त्रीक आन्दोलनको लागी हरेक आन्दोलन गर्दै काएको कांग्रेस चुप लागेर बस्न नसक्ने कांग्रेस झापा सभापती थापाले बताउनु भयो ।
मुलुकमा बिधिको सासन स्थापना गर्न साथै महंगी नियन्त्रणमा सकरकरलाई दबाब दिने आन्दोलनमा सरिक हुन सबै झापाबासीलाई उहाँले आग्रह समेत गर्नु भयो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...