Home / ताजा समाचार / झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुनेमा सरोकारवालाहरुको जोड

झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुनेमा सरोकारवालाहरुको जोड

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/
झापाका जातिय संस्थासहित सरोकारवालाहरुले आदिवासीको परम्परागत समाधिस्थल नष्ट गरि निर्माण थालिएको आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुने जोड दिएका छन् ।
जिल्लाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशालालाई सरकारले मदन भण्डारी राष्ट्रिय रंगशाला बनाउने सार्वजनिक भईरहेको वेला झापाका जातिय संस्था तथा सरोकारवालाहरुले आदिवासी रंगशालाको विकल्प नभएको सुझाएका हुन् ।
आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जातिय संस्था तथा चिहान परिवारहरुसंग आज रंगशाला परिसरमा आयोजना गरेको अन्तरकृयामा सहभागि अगुवाहरुले सरकारले एकलौटी ढंगले रंगशालाको उत्पत्ति माथिनै लान्छना लगाएर रंगशाला बनाउन नचाहेको भन्दै सरकारले नवनाए जनस्तरवाट नै काम थाल्नु पर्ने औल्याए ।
अन्तरकृयामा जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, किरात राई यायोक्खाका जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ, तमु छोज धी झापाका अध्यक्ष धनबहादुर गुरुङ, किरात याक्खा छुम्माका जिल्ला सचिव मचिन्द्र याक्खा, किरात याक्थुङ चुम्लुङका जिल्ला सदस्य कविन्द्र शेर्मा लगायतले पहिचानलाई समाप्त गरेर रंगशालाको नाममा विकल्प नहुने सुझाव दिनु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको अन्तरकृयामा सामाजिक अगुवाहरु दिलीप राई, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष पवन चाम्लिङ, फोनिजका केन्द्रीय उपमहासचिव कमन देवान, शैक्षिक अगुवाहरु प्रविण चाम्लिङ, बद्री साङपाङ, प्रतिष्ठानका सल्लाहकार सुर्य योङपाङदेन, हरिदेवी राई लगायतले समेत रंगशालाका बारेमा बोल्नु भएको थियो ।
सशस्त्र प्रहरी पाथीभरा गणनजिकै पूर्व–पश्चिम मुख्य सडक उत्तरको क्षेत्रमा आदिवासी जनजातिहरुले परम्परागत रूपमा दाहसंस्कार गर्दै आएका थिए । पछि गण स्थापना भएपछि गणको क्षेत्रभित्र पर्ने सो स्थललाई रङ्गशाला निर्माण गर्न सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारीसहित विभिन्न निकाय तथा स्थानीयको संयुक्त सहमतिमा ०६७ सालबाट काम अगाडि बढेको हो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...