Home / ट्रेन्डिङ्ग / संखुवासभाको चैनपुरमा पहिरोले पावर हाउस बगाउँदा ४५ लाख क्षति, १२३ घर बिजुलीविहीन

संखुवासभाको चैनपुरमा पहिरोले पावर हाउस बगाउँदा ४५ लाख क्षति, १२३ घर बिजुलीविहीन

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/
संखुवासभाको चैनपुर नगरपालिका–१ को याङसीजुङमा पहिरोले निदुवा खोला लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ । गत शुक्रबार दिउँसो ३ बजे वर्षासँगै गएको पहिरोले आयोजनाको १२ किलोवाट बिजुली उत्पादन गर्ने पावर हाउस बगाएको हो ।
पावर हाउस बगाउँदा करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बुले जानकारी दिनु भयो । पावर हाउस बगाएसँगै १२३ घर परिवार अन्धाकारमा बस्न बाध्य भएका छन् ।
स्थानीयको सक्रियतामा पहिरोले पुरेको टर्बाइन, जनेरेटरलगायत केही उपकरण निकालिए पनि केही काम नलाग्ने अवस्थामा रहेको पूर्वअध्यक्ष लिम्बुले बताउनु भयो । पहिरोले आयोजनाको कुलो समेत बगाएको छ । आयोजनाको सुरक्षाका लागि लगाइएको ग्याभिङ भरेको ३५० वटा जाली समेत पहिरोले बगाएको छ ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...