Home / ट्रेन्डिङ्ग / बिद्यार्थिहरुलाई लायन्स क्लब दमकको सहयोग

बिद्यार्थिहरुलाई लायन्स क्लब दमकको सहयोग

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/
लायन्स क्लव अफ दमक यूनाईटेडले इलामको चुलाचुली–४ स्थित बालज्योति माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीलाई झोला दिएको छ ।
विद्यालयमा अध्ययनरत ३२ जना नर्सरी कक्षाका विद्यार्थीहरुलाई नवगठित यूनाईटेड लायन्सले किताव बोक्न प्रयोग गरिने झोला दिएको हो ।
आज लायन्सकर्मीहरुको एक टोली विद्यालयमा पुगेर विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको यूनाईटेड लायन्सका अध्यक्ष उत्तम थापाले बताउनुभयो । उहाँका अनुसार नर्सरीका अशक्त विद्यार्थी प्रिन्स केरुङलाई झोला प्रदान गरिएर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडाध्यक्ष कालीप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतुप्रकाश राई, रिजन चियर पर्सन प्रहर क्षेत्री, जोन चियर पर्सन रुदप्रसाद्र गौतम, लायन्स क्लव अफ दमकका अध्यक्ष चन्द्रबहादुर गजमेर लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, सोहि अवसरमा लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टले समेत विद्यालयलाई विभिन्न शैक्षिक तथा खेलकुद सामाग्रीहरु प्रदान गरेको छ । माउण्ट एभरेष्टका अध्यक्ष चन्द्रबहादुर गजमेरले विद्यालयका अध्यक्ष सेतुप्रकाश राईलाई फूटबल,चेसबोर्डलगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । यसैगरि विद्यालय परिषरमा लिची र अमला जातका ४ वटा विरुवाहरु समेत रोपिएको छ ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...