Home / ट्रेन्डिङ्ग / २६ बर्ष देखि भूटानी शरणार्थी बसोबास गर्दै आएको बेलडाँगी १ खाली हुँदै

२६ बर्ष देखि भूटानी शरणार्थी बसोबास गर्दै आएको बेलडाँगी १ खाली हुँदै

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/
दमक वडा नं. २ मा पर्ने भूटानी शरणार्थी शिविर वेलडाँगी १ खाली हुनेक्रम अन्तिम अवस्थामा पुगेको छ । भूटानी शरणार्थी शिविर वेलडाँगी १ लाई २ र ३ मा स्थान्तरण गर्ने कार्य अन्तिम अवस्थामा पुगेको हो । हंसे दुम्से सामुदायिक बन क्षेत्रमा विगत २६ बर्ष देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुलाई बेलडाँगी २ र ३ मा स्थानान्तरण गर्न थालीएकोले सो क्षेत्र खाली हुने अवस्थामा पुगेको छ ।
बेलडाँगी १ मा अव ३० देखि ३५ घर परिवार मात्र सर्न बाँकी रहेको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले जानकारी दिनु भयो । केही समय अघि शुरु भएको स्थानान्तरणबाट २ सय २५ घर परिवार बेलडाँगी २ र ३ को पुरानो खाली तथा नयाँ छाप्रामा सरेको बताइएको छ ।
सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुर्नवास कार्यक्रम अन्तर्गत शरणार्थि बिभिन्न देश गए पछि पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा ७ सय ७४, २ र ३ मा ३ हजार ९ सय ४ र पथरी शनिश्चरेमा १ हजार ४ सय ६३ गरी दर्ता भएका हाल ६ हजार १ सय ४३ जना भूटानी शरणार्थीहरु मात्र नेपालमा बसोवास गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । यता यस बाहेक दर्ता हुन बाँकी रहेका १ हजार ७ सय ४१ जना रहेको राहतबाट बन्चित शरणार्थीहरुले दावी गर्दै आएका छन् ।
दमक रवि चिसापानी सडकखण्डको आसापास क्षेत्रमा पर्ने बेलडाँगी १ मा हंसे दुम्से सामुदायिक बनको ४५ हेक्टर क्षेत्रफल भूटानी शरणार्थीबाट उपभोग हुँदै आएको बनले बताउँदै आएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...