Home / राष्ट्रिय समाचार / युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफी , नेपालीले पनि फाइदा लिन सक्ने

युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफी , नेपालीले पनि फाइदा लिन सक्ने

साउन १६, २०७५ ,युएई –

युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ ।

अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।

अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले अनुरोध गरेको छ । दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।

आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमति पत्र पाएको एक हप्ताभित्र युएई छाडिसक्नुपर्नेछ ।

युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ ।
६ महिनाको समयमा काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ

x

Check Also

ताप्लेजुङ्गमा एक महिलाले आफ्नै जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरिन

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ ताप्लेजुङ्गमा एक महिलाले आफ्ना जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरेकी छन् ...

कांग्रेसले जलायो दमक शिक्षा नियमावली

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी दमक नगरपालिकाले कर वृद्धि गरेको र ...

शत्रुगते टिमद्वारा ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ मह सञ्चारले नयाँ चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा गरेको ...

भारतिय स्वतन्त्रता दिवसमा रेडक्रस झापालाई एम्बुलेन्स उपहार

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ छिमेकी देश भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस ...

दमक वडा नम्बर ४ ताराबारीमा रहेको होटल वन्डरल्याण्ड आगामी भदौ १ गते बाट पुनः सन्चालनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ दमक वडा नम्बर ४ ताराबारीमा रहेको होटल वन्डरल्याण्ड आगामी भदौ १ ...