Home / अपराध / दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तेह्रथुममा एक व्यक्ति पक्राउ

दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तेह्रथुममा एक व्यक्ति पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/
दश वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्वुलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गोठालो गएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा लिम्वुलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्वुले गत साउन ५ गते बालिकालाई बलात्कार गरेपनि घटना साउन ११ गते मात्र सार्वजनिक भएको थियो । आफु बलात्कृत भएको बारे बालिकाले जानकारी नगराएकाले घटना ढिलो गरी वाहिर आएको पीडित पक्षको भनाई छ ।
घटना सार्वजनिक भएपछि केही दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । उक्त घटना बारे स्थानीय अधिकारकर्मीले जानकारी पाएपछि उनीहरुकै अगुवाईमा प्रहरीमा जाहेरी दर्ता भएको हो । इलाका प्रहरी कार्यालय संक्रान्तीको रोहबरमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले वताउनुभयो ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...