Home / ट्रेन्डिङ्ग / मोरङको पथरीशनिश्चरेमा कालोपत्रे सडक बनेको ३ दिनमै उप्कियो

मोरङको पथरीशनिश्चरेमा कालोपत्रे सडक बनेको ३ दिनमै उप्कियो

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/
मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर थापालाई जिम्मा दिएको थियो । असार मसान्तमा हतारहतार नगरले पथरशनिश्चरे नगरको पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ लाख २४ हजार ३ सय २० खर्च बिनियोजन गरेको थियो । शिखर चौकमा मात्र १ सय ४० मिटर मर्मत गर्ने स्टमेटमा नगरले केही पैसा थपिदिने भने पछि २ सय ४० मिटर काम गरेको थियो ।
स्थानियलाई थाहै नदिई हतार हतार कालोपत्रे गरेको २ दिन बित्न नपाउदै सडकमा गिट्टी उप्किएको हो । पुरानो कालोपत्रे बाटोको केही ठाउँमा भत्किएकोले निर्माणको लागि नगरले ठेक्का लगाएको थियो ।
नगरले बजेट पचाउन ठेक्केदार संग सेटिङमा मिली जनताको आँखामा छारो हाल्ने काम भएको स्थानिय रमेश भण्डारीले आरोप लगाउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...