Home / कला/साहित्य / आजबाट प्रदर्शनमा आएको चलचित्र कायराको दमकका उत्साहजनक व्यापार

आजबाट प्रदर्शनमा आएको चलचित्र कायराको दमकका उत्साहजनक व्यापार

सप्तरङ्गी एफ.एम. दमक/साउन १८/
आज बाट देशैभर प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देलको ड्रिम प्रोजेक्ट ‘कायरा’ ले आसलाग्दो व्यवसायीक सुरुवात गरेको छ । चकलेटी ब्वाई आर्यन र अहिलेकी हटकेक साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा घोषणाको बेलैदेखि व्यग्र प्रतिक्षा थियो । यस अघिनै यस चलचित्रका गीतसंगीत र ट्रेलरले युटुवका दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएको थियो । आजको प्रदर्शनको पहिलो दिनको व्यपार हेर्दा हलमा पनि दर्शकको उपस्थिति उत्साहजनक रहेको चलचित्रका बतिरक तथा पाथिभरा चित्रमन्दिर दमकका व्यस्थापक चैतन्य बरालले जानकारी दिनुभयो । आजको पहिलो दिनको दर्शको चाप हेर्दा भोली बाट झन धेरै दर्शक आउने अनुमान गरिएको उहाँले बताउनु भयो । चलचित्र प्रदर्शन भएका सबै हलमा उत्तिकै भिड रहेको पनि चलचित्र बितरक बरालले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनको पहिलो दिननै दर्शकको चाप धेरै भएकोले भोली बाट झन माउथ पब्लिसिटिका कारण दर्शक आउने बरालले बिश्वास व्यक्त गर्नु भयो ।
लक्ष्मण रिजालनको निर्देशनमा रहेको चलचित्र कायरामा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय हेर्न सकिने छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...