Home / अपराध / आमाकै सहयोगमा बिराटनगरमा एक बालिका माथि बलात्कार प्रयास

आमाकै सहयोगमा बिराटनगरमा एक बालिका माथि बलात्कार प्रयास

सप्तरङ्गी एफ.एम./साउन १८/
मोरंग विराटनगर महानगरपालीका वडा नम्बर १५ की एक १४ वर्षीया बालिकालाई उनकै आमाको सहयोगमा बलात्कारको प्रयास भएको उजुरी प्रहरीमा परेको छ । आफ्नी १४ वर्षीया छोरीलाई श्रीमतीकै सहयोगमा विराटनगर ५ बस्ने ४० वर्षीय शम्भु पाण्डेले बलात्कारको प्रयास गरेको भन्दै बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार किटानी जाहेरी दिएका हुन् । बालिकाको बुबाले दिएको उजुरीमा पाण्डे र बालिकाकी आमा गत मंगलबार ४ बजे आफू नभएको मौका छोपेर कोठामा अस्तव्यस्त शारीरिक अवस्थामा रक्सी र मासु खाएर बसेको र सोही बेला छोरी स्कुलबाट घर पुग्दा बलात्कारको प्रयास भएको उल्लेख छ । पाण्डेले बालिकाले स्कुलको ड्रेस चेन्ज गरेको बेलामा उनकै कोठामा गएर आमालाई २०० रुपैयाँ दिने कुरा गरेको र बालिकालाई पनि ५० रुपैयाँ दिन्छु, डान्स सिकाइदिन्छु, हिरोइन बनाइदिन्छु भन्दै जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ । जाहेरीअनुसार अभियुक्त पाण्डेले बालिकाको संवेदनशील अंगमा हात र्पुयाएर कपडा खोल्ने प्रयास गर्दा उनी भाग्ने प्रयास गरेकी थिइन् तर उनकै आमाले ढोकामा उभिएर भाग्न उम्कन नदिई छोरीको खुट्टा समाएको र पाण्डेले हात समाई भुइँमा लडाउने प्रयास गरेको जाहेरीमा उल्लेख छ । ‘छोरीले हार गुहार गरी कराई कोठाबाट उम्कन सफल भएपछि मलाई फोन गरेर बताएपछि म घर पुग्दा दुवै जना भागिसकेका थिए’, बुबाले जाहेरीमा उल्लेख गरेका छन् । बालिकाका बुबाले निज पाण्डेलाई बलात्कार अभियोगमा कारबाहीको माग गरेका छन् । प्रहरीले बालिकाकी आमालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा म्याद थप गरेको र फरार रहेका पाण्डेको खोजी भइरहेको जनाएको छ ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...