Home / ट्रेन्डिङ्ग / दमक पब्लिक लाईब्रेरीको उद्यमशिल बहसको भोली हुने तेस्रो सृङखलामा सफल उद्यमी भास्करराज राजकर्णिकार सहाभागी हुने

दमक पब्लिक लाईब्रेरीको उद्यमशिल बहसको भोली हुने तेस्रो सृङखलामा सफल उद्यमी भास्करराज राजकर्णिकार सहाभागी हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन १८/
दमक पब्लिक लाईब्रेरीले सुरु गरेको उद्यमशिल बहसको तेस्रो सृङखला भोली हुने भएको छ । भोलीको उद्यमशिल बहसमा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व उपाध्यक्ष तथा सफल उद्यमी भास्करराज राजकर्णिकार सहाभागी हुनुहुने भएको छ ।
हरेक महिनामा गरिने एक कार्यक्रममा सफल उद्यमी संग कुराकानी हुने लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो । युवाहरुलाई उद्यमशिल बनाउनको लागी यस प्रकारको कार्यक्रम फाईदा जनक हुने देखेर लाईब्रेरीले कार्यक्रमको अवधारणा ल्याएको उहाँले बताउनु भयो । मुलुककै अब्बल र सफल उद्यमि संग दुई घण्टा प्रत्यक्ष उहाँको सफलताको कथा र परिश्रमको भोगाईले काम गर्न उत्प्रेरणा मिल्ने लाईब्रेरी अध्यक्ष न्यौपानेले बताउनु भयो ।
भोली बिहान ११ बजे देखी दमक रेडक्रसको सभाहलमा सुरु हुने कार्यक्रममा सहभागी हुन उद्यमी कर्णिकार दमक आईसक्नु भएको पनि लाईब्रेरी अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
यस अघि बहसको पहिलो सृङखलामा सफल उद्यमी तथा लेखक कर्ण शाक्य र दोस्रो सृङखलामा सफल उद्यमी तथा नेपाल जेसिजका पुर्व अध्यक्ष भोलाराज दुलालको सहभागीता रहिसकेको छ ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...