Home / खेलकुद़़ / प्रेस युनियन झापाको अधिवेसन आगामी असोज ३ मा हुने

प्रेस युनियन झापाको अधिवेसन आगामी असोज ३ मा हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन १९/
नेपाल प्रेस युनियन झापाको अधिवेसन आगामी असोज ३ गते हुने भएको छ । युनियन जिल्ला कार्यसमितिको आज बसेको बैठकले अधिवेसन आगामी असोज ३ मा गर्ने निर्णय गरेको युनियनका जिल्ला सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो । युनियनको केन्द्रिय समितिले जिल्ला अधिवेसन गर्नको लागी जिल्लालाई पत्राचार गरे अनुसार जिल्ला अधिवेसनको मिति तोकिएको उहाँले बताउनु भयो । त्यसैगरी यहि साउन मसान्त सम्ममा सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गरिसक्ने पनि सचिव भट्टराईले बताउनु भयो । युनियनको जिल्ला अधिवेसनको लागी आर्थिक व्यवस्थापन गर्न जिल्ला कोषाध्यक्ष ईस्वर अधिकारीको सम्योजकत्वमा ७ सदस्सीय आर्थिक व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
युनियन केन्द्रिय समितिको गत साउन ९ गते बसेको बैठकले आगामी असोज १० गते सम्ममा जिल्ला अधिवेसन, मंशिर १ गते प्रदेश अधिवेसन र कात्तिक २८ र २९ केन्द्रिय अधिवेसन गर्ने निर्णय गरेको थियो ।
मुलुकको नयाँ संरचना अनुसार पहिलोपटक युनियनको अधिवेसन हुन लागेको हो ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...