Home / ट्रेन्डिङ्ग / आगामी ४ बर्षमा गौरादहबाट फुस्को छाना बिस्थापित हुने

आगामी ४ बर्षमा गौरादहबाट फुस्को छाना बिस्थापित हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन २०/
झापाको गौरादह नगरपालीकाले आगामी ४ बर्ष भित्रमा नगर भित्र बाट फुसको छाना बिस्थापित गर्ने भएको छ । नगरपालीकाले यसै आर्थिक बर्षमा नगर भित्र रहेका २ सय परिवारको घरमा भएको फुसको छाना हटाएर जस्ता पाता खरिद गर्न बजेट बिनियोजन गरेको नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । नगरपालीकाले चालु आर्थिक बर्षमा नगर भित्र रहेका बिपन्न समुदायको घरमा जस्ता पता लगाउनको लागी ३० लाख रुपैयाँ बिनियोजन गरेको नगर प्रमुख शाहले बताउनु भयो ।
अहिलेको समयमा पनि बिपन्न समुदायको घरमा फुसको छानो रहेकोले हरेक बर्ष छाना फेर्नु पर्ने बाध्यता रहेको र बर्षामा पानी चुहिएर घरमा बस्ने समस्या हुने भएकोले आपैंm खरिद गर्न नसक्ने परिवारको लागी नगरपालीकाले जस्तापाता खरिद गरिदिने उहाँले बताउनु भयो । नगरपालीका भित्रमा जस्ता पातानै खरिद गर्न नसक्ने अति बिपन्न परिवार कति छन् भन्ने तथ्यांक संकलन भैरहेकोले केहि महिना भित्रमै बिपन्न समुदायको पहिचान गरी जस्ता पाता खरिद प्रक्रिया अघि बढाउने नगर प्रमुख शाहले बताउनु भयो । आफ्नो कर्याकाल भरिमा नगर भित्रका सबै घर बाट फुसको छाना बिस्थापित गरिसक्ने नगर प्रमुख शामले प्रतिबद्धता जनाउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...