Home / खेलकुद़़ / गौरादहको ग्वालडुब्बा बजारमा डस्टविन वितरण

गौरादहको ग्वालडुब्बा बजारमा डस्टविन वितरण

सप्तरङ्गी एफ.एम. दमक/साउन २१/
झापाको गौरादह ७ ग्वालडुब्बा स्थित सामाजिक क्षेत्रमा उल्लखनिय भूमिका निर्वाह गर्दै आएको ग्वालडुब्बा युवा समूहले बजारको फोहर व्यवस्थापनका लागि सरसफाई गर्दै डस्टबिन राखेको छ । ग्वालडुब्बा बजारलाई सरसफाई गरि दुर्गन्ध रहित बनाउन बजार क्षेत्रमा डस्टबिन राखेका छन् । प्लास्टिक जन्य खोल, कागज तथा अन्य फोहर वस्तुहरुलाई जहाँपायो त्यहीँ नफाली संकलन गर्न बजार क्षेत्रमा डस्टबिन राखिएको र दुई वटा पक्की रीङ थप गरिएको समूहका अध्यक्ष भोला चक्रवर्ति ले बताउनुभयो । पाडाजुगि गौरीगंज सडक खण्डमा रहेको ग्वालडुब्बा बस स्टेनमा पार्किङ क्षेत्र छुट्याउन सडकमा ड्रम राखिएको छ। बजार क्षेत्रमा बस स्टेन रहेको र अन्य दिनको तुलनामा हाट को दिन अत्यधिक भिडभाड हुने भएकाले दुर्घटनाको जोखिम घटाउन ड्रम को व्यवस्था गरि बस स्टेन क्षेत्रलाई निश्चित गरिएको समूहका सचिव दिपक माझी ले बताउनुभयो । समूहले ग्वालडुब्बा बजारमा औपचारिक कार्यक्रम गरि ४ वटा ड्रम र फोहर संकलनका लागि ४० वटा टिनका डस्टबिन राखेका छन्। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजका प्रमुख गोकुल आचार्यले दुर्घटना न्यूनिकरण गरि जनधन को क्षति हुन बाट जोगाउन सबै को जिम्मेवारि भएकाले यस्तो कार्य मा ट्राफीक प्रहरी लाई सहयोग गर्न आग्रह गरे ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...