Home / अपराध / श्रीमतीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट एक व्यक्ति पक्राउ

श्रीमतीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट एक व्यक्ति पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/साउन २१/
इच्छाविपरीत श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले झापाको बिर्तामोड बाट एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया श्रीमतीले २७ वर्षीय श्रीमान्माथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रीमान्ले चाहना विपरीत जबरजस्ती यौनसम्पर्क गरेको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी वैवाहिक बलात्कार मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार विवाह भएको दुई वर्षपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीमा श्रीमान् एक सातासम्म घर नफर्किने र घर फर्किएपछि इच्छा विपरीत पटक–पटक जबरजस्ती यौन सम्बन्ध राख्ने गरेको ती महिलाले आरोप लगाएकी छन् ।
यस्तै झापाकै अर्जुनधारामा चार वर्षीय बालिका बलात्कार भएकी छिन् । अर्जुनधारा नगरपालिका–२ झेलेनीका १५ वर्षीय विजय गजमेरले बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् । गत साउन १६ मा रोपाइँमा गएकी हजुरआमालाई पछ्याएर गएकी बालिकालाई गजमेरले अम्बकको प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ । बलात्कारको आरोपित गजमेर फरार रहेको ले खोजी भैरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...