Home / कला/साहित्य / गजल- रोमन लामिछाने

गजल- रोमन लामिछाने

चौतारीको बर सम्झिन्छु मन अमिलो हुन्छ
बुढी आमा घर सम्झिन्छु मन अमिलो हुन्छ

बिर्सिन्छौ की भन्दै रोएकी थियौ छुट्नेबेला
त्यो मनको डर सम्झिन्छु मन अमिलो हुन्छ

खै यहाँ त एकै छाक पनि पसिना गन्हाउँछ
दहि चिउरा तर सम्झिन्छु मन अमिलो हुन्छ

मनमा के-के सपना साचेर बिदा दिएकि हौली
ति तिम्रा रहर सम्झिन्छु मन अमिलो हुन्छ

सोच्छु अब कसरी एकै बन्न सकौला र प्यारी
तिम्रो मेरो थर सम्झिन्छु मन अमिलो हुन्छ

x

Check Also

नेपाली डायस्पोरिक ईतिहाँसमा अमेरिकामा पहिलो पटक बृहत कार्यक्रम हुँदै : मनोज राई

अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा आगामी डिसेम्बर २२ तारिखका दिन ‘ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा ...

दमकमा लक्ष्मी जयन्ती तथा श्रष्टा सम्मान कार्यक्रम

  सप्तरङ्गी एफ.एम. दमक / कात्तिक २१ , २०७५ साहित्यकला संगम दमकको आयोजनामा आज दमकमा ...

संघिय प्रेस फोरम झापाको शुभकामना आदान प्रदान कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक कात्तिक २१ , २०७५ संघिय प्रेस फोरम झापाले आज शुभकामना आदन प्रदान ...

ग्वालडुब्बा युवा समूहको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक /कात्तिक २० , २०७५ झापाको गौरादह नगरपालिका वडा नम्बर ७ स्थित ग्वालडुब्बा ...

संस्कार, संस्कृतिको संरक्षण र संबद्र्धन गर्न कांग्रेस दमक नगरको देउसी

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ नेपाली कांग्रेस दमक नगर समितिले संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन ...