Home / ट्रेन्डिङ्ग / गौरादहमा सुत्केरी पोषण भत्ता बाट ६ महिनामा १० जना लाभान्वीत

गौरादहमा सुत्केरी पोषण भत्ता बाट ६ महिनामा १० जना लाभान्वीत

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/
झापाको गौरादह नगरपालीकाले गत बर्षको माघ देखी बितरण गर्न सुरु गरेको सुत्केरी पोषण भत्ता कार्यक्रमबाट आर्थिक बर्षको ६ महिनामा १० जना महिला लाभान्वित भएका छन् । नगरपालीकाले जन प्रतिनिधि आए संगै नागरिकहरुको सुरक्षामा बिषेश कार्यक्रमहरु ल्याउन सुरु गरेको हो । सोहि कार्यक्रम अन्तर्गत गत बर्षको माघ बाटै सुत्केरी पोषण भत्ता दिन सुरु गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । बिषेश गरी महिलाहरुमो आर्थिक पहुँच कम हुने हुँदा सुत्केरीको समयमा पोषण युक्त खानेकुराको अभावले स्वास्थ्य समस्या हुने र बच्चा पनि कुपोशित हुने हुँदा महिलालाई सुत्केरी पोषण भत्ता उपलब्ध गराईएको नगर प्रमुख शाहले बताउनु भयो ।
नगर भित्र रहेका महिलाहरु सुत्केरी हुँदा उनिहरुलाई पोषण युक्त खानेकुरा उपलब्ध गराउन प्रति सुत्केरी १ हजार रुपैयाँ नगरपालीकाले उपलब्ध गराउने गरेको छ । वडा कार्यालयको शिफारिशमा सुत्केरीहरुलाई नगरपालीकाले रकम उपलब्ध गराउने गरेको नगरपालीकाका स्वास्थ्य अधिक्रित गोबिन्द श्रेष्ठले बताउनु भयो । गत बर्षको माघ बाट सुरु गरिएको सेवा बाट ६ महिनाको अवधिमा १० जना महिलाले रकम बुझिसकेको उहाँले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...