Home / ट्रेन्डिङ्ग / दमकमा सुबिधा सम्पन्न फन पार्क बन्दै

दमकमा सुबिधा सम्पन्न फन पार्क बन्दै

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/
दमकमा सुविधासम्पन्न आर्कषक फनपार्क वन्ने भएको छ । दमकमा मनोरञ्जनस्थलको अभाव भईरहेको वेला दमक–२ स्थित भाङवारीमा स्थानीय युवा व्यवसायीहरुले करोडांैको लागतमा फन पार्क वनाउन लागेका हुन् ।
हाम्रो दमक फनपार्क एण्ड एग्रोटुरिजम प्रालिको आज वैद्धिक विधि अनुसार शिलान्यास गरिएको छ । फन र्पाकमा दमक उद्योग वाण्ज्यि संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईसहित आठ जनाको साझेदारी लगानी रहेको छ ।
उहाँसंगै पाथीभरा होटलका सञ्चालकद्धय राजन दंगाल, पुष्प खनाल, योगराज दंगाल, किशोर खनाल, विप्लप दंगाल, टोविन्द्र केसी र गोपाल बस्नेत रहनुभएको छ । ती मध्ये तीन जना जग्गाधनीसहित अन्य सवै दमकका प्रतिष्ठीत व्यवसायीहरु संलग्न हुनुहुन्छ । कम्पन्नीका अध्यक्ष प्रसाईका अनुसार करिव ७ विगाहा क्षेत्रफलमा अन्तराष्ट्रिय स्तरको फनपार्क बन्ने भएको हो । शिलान्यास गरिएको नौ महिनामा फन पार्क सञ्चालनमा आउने अध्यक्ष प्रसाईले जानकारी दिनुभयो । फन पार्क सम्पन्न गर्न करिव १० करोड रुपैयाँ लागत लाग्ने जनाईएको छ ।
कम्पन्नीले जानकारी दिए अनुसार सो फनपार्कमा बालबच्चादेखि युवा, ज्येष्ठहरुका लागि आवश्यक पूर्वाधारहरु बनिने छन् । त्यहाँ बोटिङ, स्वीमिङ पुल, पार्टी प्यालेस, आधुनिक बार सहित बालवच्चाहरुका लागि सुविधासम्पन्न चिल्ड्रेन पार्क लगायतका संरचनाहरु तयार हुने अध्यक्ष प्रसाईले बताउनुभयो । उहाँले पूर्वकै आर्कषक मनोरञ्जनस्थलका रुपमा दमकको यस फनपार्क हुने दावी गर्नुभयो ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...