Home / ट्रेन्डिङ्ग / नेकपाको प्रवक्ताबाट दिएको राजिनामा फिर्ता लिन आग्रह गर्दा केपि ओली र प्रचण्डलाई नारायणकाजीले दिए यस्तो जवाफ

नेकपाको प्रवक्ताबाट दिएको राजिनामा फिर्ता लिन आग्रह गर्दा केपि ओली र प्रचण्डलाई नारायणकाजीले दिए यस्तो जवाफ

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ताबाट राजीनामा दिनु भएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गर्नु भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उहाँले अस्वीकार गर्नु भएको हो ।
बैठकमा सहभागि एक सचिवालय सदस्यले, दुबै अध्यक्षबाट राजीनामा फिर्ता लिन प्रस्ताव आएको तर, नारायणकाजीले फिर्ता लिन नमानेको बताए ।
बैठकमा श्रेष्ठले भनेका कुरा उल्लेख गर्दै ति सदस्यले भने, ‘मैले स्वेच्छाले विना हिच्किचाहट राजीनामा दिएको हुँ । त्यसैले फिर्ता लिने कुरा भएन । सचिवालयले जे निर्णय गर्छ । ठिक छ । त्यसलाई म सम्मान गर्छु । तर, दिइसकेको राजीनामा फिर्ता लिन्न ।’ उहाँको अडानका कारण बैठकले केही निष्कर्ष निकाल्न सकेन । गएको साउन ७ गतेको सचिवालय बैठकमा डा. गोविन्द केसीलाई अनसनस्थलमै भेट्न गएको विषयमा अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेका थिए । श्रेष्ठले त्यसको जवाफमा प्रवक्ताबाटै राजीनामा दिएर हिँड्नु भएको थियो ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...