Home / ट्रेन्डिङ्ग / हलुका सवारीको उद्घोषण तालिम समापन

हलुका सवारीको उद्घोषण तालिम समापन

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/
हलुका सवारी चालक मजदुर संघ दमकले आयोजना गरेको दुईदिने उद्घोषण तालिम आज सम्पन्न भएको छ । संघका सदस्यहरुको क्षमता विकाश, नेतृत्व विकाश र व्यवस्थीत कार्यक्रम सञ्चालन सम्बन्धि जानकारी दिने उद्देस्यले तालिमको आयोजना गरिएको संघका नगर सचिव गणेश कुमार गौतमले जानकारी दिनुभयो ।
संघका अध्यक्ष गौतम कुमार लामाको अध्यक्षतामा आज भएको समापन कार्यक्रममा संघका उपाध्यक्ष महेन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल याताताय मजदुर संघ प्रदेश सह सचिव गान्धि भण्डारी, झापा जिल्ला कार्यवाहक अध्यक्ष बालकृष्ण श्रेष्ठ, सवारी चालक डिल्ली अधिकारी लगायतले सुभकामना मन्तव्य राख्दै तालिममा शिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भयो ।
तालिममा सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले औपचारीक कार्यक्रम सञ्चालन, प्रभावकारी भाषण लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...